4 years ago
April 3, 2021
बुटवल (हाम्रो खेलकुद) – सनराइज स्पोर्टस् क्लबले अनाथ आश्रममा खाद्यान्न, कपडा तथा स्टेशनरी समान सहयोग गरेको छ ।
क्लबले चैतको ६ र ७ गते आयोजना गरेको रिद्विसिद्धि फुटसल प्रतियोगिताबाट बचत रकमबाट तिलोत्तमा तिलोत्तमा ६ को मणिग्राम १२ नम्बर अवस्थित रामचन्द्र मैनादेवी अनाथ आश्रमका बालबालिकालाई शनिबार सहयोग गरेको हो ।
फुटसलबाट २५ हजार रुपैयाँ बचेको रकमबाट कपडा, कलम, कपि, तेल, चामल, दाल, साबुनलगायतका सामग्री प्रदान गरिएको प्रतियोगिता आयोजक समितिका सागर कडेलले जानकारी दिएका छन् ।
विष्णु गदालको अध्यक्षता गरेको सहयोग कार्यक्रममा अनाथ आश्रमका अध्यक्ष मैनादेवी भण्डारीलाई सनराइज स्पोर्ट क्बललाई धन्यवाद दिए । आमश्रममा ११ बालकहरु आश्रित छन् ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]