4 years ago
April 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र होगांजी न्यू डायमण्ड एकेडेमीले पाँचौं आरबीबी एनभिए कप राष्ट्रिय क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ दोस्रो जित दर्ता गराएका छन् ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी लिगको तेस्रो दिन आर्मीले ढोरपाटन स्पोर्टस् क्लब र न्यू डायमण्डले भरतपुर महानगर खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको थियो । आर्मीले ढोरपाटनलाई २५–१२,२५–०,२५–५ ले पराजित गरेको थियो । न्यु डायमण्डले भरतपुरमाथि २५–१२, २५–७ र २५–१७ को जित निकालेको थियो ।
आर्मीले आफ्नो पहिलो खेलमा शुक्रबार न्यू डायमण्डलाई र न्यू डायमन्डले ढोरपाटनलाई हराएको थियो । यो जितपछि आर्मीको दुई खेलबाट ५ अंक पुगेको छ। डायमण्डको ३ खेलबाट ७ अंक पुगेको छ। ढोरपाटन र भरतपुरले अंकको खाता खोल्न सकेको छैन ।
महिलातर्फ आज तेस्रो खेल दुई विभागिय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच हुँदैछ । गत महिना नेपालगन्जमा प्रधानमन्त्री कपको फाइनल खेलेयता यी दुई टोली भिड्दैछन् । प्रधानमन्त्री कपमा एपिएफ विजयी भएको थियो ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]