4 years ago
April 2, 2021
पोखरा (हाम्रो खेलकुद) – नुवाकोटे टाईगर र डेविडबीच दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । पोखरा रगंशालाको बहुउद्धेश्यिय कभर्डहलमा शुक्रबार भएको ह्याबी वेटको प्रतिस्पर्धामा टाईगरले चट्टानमाथि जित निकाले । टाइगरले पावर वम प्रयोग गरेर पछारेको अवस्थामा रिङ माथीबाट जम्प गदै एल्बो ड्याबको हानेपछि चट्टानले रेफ्रिको तीन काउन्टमा प्रतिकार गर्न नसक्दा पराजिय ब्यहोरेका थिए ।
डेविडले आफ्ना प्रतिद्धन्दी साईनलाई पराजित गर्न निक्कै पसिना बगाउनु परेको थियो । साईनले डेविडलाई लगभग पराजित गरि सकेका अवस्थामा रेफ्रिको तीन काउन्टलाई प्रतिकार गदै खेलमा फर्किए थिए । अन्तिम समयमा डेविडले साईनमाथि सिल्जर टेक्निकको प्रयोग गदै जित निकालेका थिए ।
लाईट वेटको खेलमा एक्स हिरोले जे वल्डलाई पराजित गरे । ३ फिट ९ इन्च मात्र उचाई भएका एक्स हिरोले ५ फिट ५ इन्च भएका जे वल्डलाई हराउन नसक्ने आएको बेला टुपी ग्याङले जे वल्डको ध्यान भङ गरेको अवस्थामा रिङमा ढलेका एक्स हिरोले उठेर पछाडीबाट पल्टाएर दुवै खुट्टमा लक लगाई पराजित गरेका थिए ।
ठगु र द युगबीचको हाडकोट(खतरनाक) खेल भएको थियो । युगले फलामको चेनद्धारा ढाडमा प्रहार गरे पछि प्रतिकारमा उत्रिएका ठगुले टिनको पाताको कुर्सी कुच्याउने गरि टाउकामा पटक पटक प्रहार गरे पछि युग रक्तम्य भएका थिए । रिङ बाहिर धारासाही हुनेगरि पिटेर रिङमा ल्याए पछि रेफ्रिले तीन काउन्ट गर्दा युगले प्रतिकार गरेका थिए ।
घाइते भएका युगले पुन खेलमा फर्कदै ठगुलाई धारासाही बनाएर तीन काउन्टर गरेका अवस्थामा ठगुको पाटनरले रेफ्रिलाईनै तानेर पछारेका थिए । त्यस पछि रिङमा युगका पार्टनर पनि आए पछि ठगु टोली रिङबाट बाहिरिएको थियो । सो प्रतिस्पर्धा शनिबार हुनेछ । महिलाहरुका त्रिकोणीय खेलमा दीलासाले बाजि मारिन् । तनु र डेनिका मिलेर दीलासालाई पिटेर धारासाही बनाउदै रिङ बाहिर पठाएका थिए । त्यस पछि तनु र डेनिकाबीच कडा प्रतिस्पर्धा भएर थकित भएको अवस्थामा ७ मिनेट पश्चात रिङमा प्रवेश गरेकी दीलसाले दुवैलाई हराएकी थिईन् ।
नेपाल रिङ रेस्लिङ संघको आयोजनामा संचालन भएका २ दिने रिङ रेस्लिङ प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा तामाङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गरेका थिए । राखेप सदस्य समेत रहेकी आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले उद्घाटन समारोहको अध्यक्षता गरेकी थिईन् । सो अवसरमा राखेप कार्यकारी सदस्य एकेन्द्र कुवँर,सदस्यहरु पुरेन्द्रविक्रम लाखे,हरि खड्का,राजेश गुरुङ,सम्पन्न श्रेष्ठ,गण्डकी प्रदेशका खेलकुद् परिषद्का सदस्य सचिव तेज गुरुङलगायतको उपस्थिति रहेको थियो ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]