default_image

4 years ago

April 2, 2021

राष्ट्रिय रिङ रेस्लिङको तयारी पूरा

60 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरामा दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता शुक्रबार सुरु हुँदैछ । प्रतियोगिताका लागि सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सहभागी सबै पोखरा आइसकेको र तयारी पूरा भएको जानकारी दिइन् ।

श्रेष्ठले राखेप, गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका लगायतको सहयोग रहेको प्रतियोगिताको झन्डै २९ लाख रुपैयाँ खर्च हुने बताइन् । पोखरा रगंशालाको बहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने प्रतियोगितामा नुवाकोटे टाईगर, थागु, द यूव, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, जोन लगायत महिला तथा पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँसहित च्याम्पियन वेल्ट तथा दोस्रो खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । संघले पोखरामा २०७३ सालमा पहिलो संस्करण आयोजना गरेको स्मरण गर्दै श्रेष्ठले भनिन्, हामीले २०७४ सालमा नेपाल भारत मैत्रिपुर्ण खेल र अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेका थियौं ।

पत्रकार सम्मेलनमा राखेपका कार्यकारी सदस्य यकेन्द्र कुवँर, राखेप सदस्य राजेश गुरुङलगायतले प्रतियोगिताको सफलताको कामना गरे ।
श्रेष्ठले रिङ रेस्लिङ खेलको विकास तथा विस्तारका लागि खेलाडीको उत्पादन सँगै निरन्तर रुपमा तालिमको व्यवस्थापन गर्न रिङ रेस्लिङ्ग एकेडेमीकोे स्थापना समेत गरिएको बताइन् ।

एकेडेमीमा रेस्लर नुवाकोटे टाइगर (कमल तामाङ्ग)ले नियमित रुपमा खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । संघले खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण दिने व्यवस्था समेत गरेको र खेलाडीलाई विदेशमा समेत सहभागी गराउँदै आएका श्रेष्ठले जनाईन् । शुक्रबार र शनिबार हुने २ दिने प्रतियोगितामा प्रदिप पाण्डे, विकास खड्का र शिसम मैनी रेफ्रीको भूमिका निर्वाह गर्ने छन् । हास्य कलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुति समेत रहने बताइएको छ ।

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.