default_image

4 years ago

March 31, 2021

रिङ रेस्लिङका खेलाडी पोखरामा

93 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघको आयोजनामा शुक्रबार र शनिबार आयोजना हुने दोश्रो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप २०२१ मा भाग लिन खेलाडीहरु पोखरा आइपुगेका छन् ।

पोखरा रंगशालाको वहुउद्देश्यिय कभर्ड हलमा आयोजना हुने प्रतियोगिताको तयारीमा जुटेका खेलाडी काठमाडौबाट बुधबार पोखरा आएका हुन । पोखरा आएका ४० भन्दा वढी खेलाडी तथा अफिसियलहरुलाई पोखरा महानगरपालिकाको तर्फबाट महानगर प्रमुख मान बहादुर जि.सीले स्वागत गरेका छन् ।
पोखरा रंगशालामा आयोजित स्वागत कार्यक्रममा बोल्दै महानगर प्रमुख जि.सीले सुन्दर नगरी पोखरामा खेलाडीलाई स्वागत गर्न पाउनु सुखद रहेको बताए । उनले भने “पोखरा आफैमा सुन्दर नगर मात्रै होइन खेलकुदको हव पनि हो । हामी पोखरा महानगर सबै वडामा खेलकुदको मैदान बनाउनु पर्छ भन्ने मान्यताका साथ अभियानमा जुटेका छौं ।” पोखरामा हुने प्रतियोगिताले पोखरामा रिङ रेस्लिङ खेलको विकास र विस्तारमा समेत सहयोग पुग्ने भन्दै उनले सवै खेलाडीलाई जितको शुभकामना व्यक्त गरे ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद र जिल्ला खेलकुद विकास समितीको आयोजनामा भएको स्वागत कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद (राखेप)का सदस्यद्वय राजेश कुमार गुरुङ र सुवर्ण श्रेष्ठ, क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, जिल्ला खेलकूदका कार्यालय प्रमुख प्रकाश बराल, भलिबल संघका अध्यक्ष भिम पराजुली, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपक बहादुर गोदार, प्रतियोगिताका स्थानिय संयोजक नुना गुरुङ लगायतले पनि खेलाडीलाई स्वागत गरेका थिए ।

प्रतियोगितामा नुवाकोटे टाइगर, थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, जोनलगायत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले ३ वटा वेट क्याटोगरीमा प्रतिष्पर्धा गर्ने भएको संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिएकी छन ।
प्रतियोगितामा प्रथम हुने खेलाडीले १ लाख रुपैयाँसहित च्याम्पियन बेल्ट र दोस्रोले ५० हजार रुपैयाँसहित मेडल प्राप्त गर्नेछन । प्रतियोगितामा झन्डै २९ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ । दर्शकलाई थप मनोरञ्जन दिन नेपालका चर्चित हास्य कलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुती रहने बताइएको छ ।

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.