8 years ago
October 16, 2016
काठमाडौं (हाम्रो खेलकुद ) – विश्व स्क्वास दिवसको अवसरमा चौथो सिभिल बैंक खुला स्क्वास प्रतियोगिता मंगलबार सुरु हुँदैछ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न पाँच स्पर्धामा ८५ खेलाडीको प्रतिस्पर्धा गर्ने आयोजक संघका अध्यक्ष समेत रहेका सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसमा बेलायतको ब्रिटिस गोर्खाका १० खेलाडी पनि रहने छन् ।
पुरुष सिंगल्समा ३५, महिला सिंगल्समा १८ तथा भेट्रान्स ५० वर्षमाथि पुरुष सिंगल्समा १६ खेलाडीले भाग लिने छन् । त्यस्तै जुनियर ब्वाइजको यु–१३ र यु–१९ मा समान ८–८ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । यु–१३ र यु–१९ विधा यसपटकदेखि थपिएको हो ।
पुरुषमा अरहान्तकेशर सिं, महिलामा भावना सुनुवार तथा भेट्रान्समा सुदीपबहादुर सिंह डिफेन्डिङ च्याम्पियन हुन् । कुल ६५ हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा भेट्रान्सका लागि भने नगद पुरस्कार रहेको छैन । पुरस्कार रकम गत बर्षको भन्दा दोब्बर रहेको स्क्वास संघका महासचिव सुरेश गुरुङले जानकारी गराए ।
सिभिल बैंकको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने अध्यक्ष महर्जनले जानकारी गराए । प्रतियोगिताका खेलहरु सातदोबाटोमा हुनेछ । प्रतियोगिता विश्व स्क्वास दिवसका दिन शनिबार सम्पन्न हुनेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]