4 years ago
March 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुनसरी जिल्ला डोरीतान संघको आयोजनामा तेस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसिप–२०७७ प्रतियोगिता चैत अन्तिममा हुने भएको छ ।
आयोजक जिल्ला सुनसरी डोरीतान संघले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २६ र २७ मा दुहवी नगरपालिका सरस्वती माध्यामिक विद्यालयको खेल मैदानमा आयोजना हुने छ । प्रतियोगितामा आयोजक एक टोली, पाँच प्रादेशिक टोली, (प्रदेश एक, दुई, बागमती, गण्डकी र लुम्बिनी प्रदेश), तीन विभागीय टोली, भूपू ब्रिटिस गोर्खा टिम र भारतका २ टोली गरि कुल १२ टोली छन् । प्रतियोगिता नकआउट ब्रेष्ट थ्री मा सञ्चालन हुने छ । प्रतियोगिता विजेताले १ लाख र उप विजेताले ५० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिता कुल अनुमानित खर्च ३० लाख ४२ हजार छ । आयोजकले प्रदेशका टोलीमा खेलाडी स्कुलदेखिनै छनोट गर्ने जनाएको छ । यस प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरमा राम्रो खेलाडी उत्पादन हुने आयोजकले विश्वास राखेको छ ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]