default_image

4 years ago

March 24, 2021

अमेरिकामा नेपाली समूदायबीच भलिबल हुने

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फागु पूर्णिमाको अवसरमा अमेरिकामा बसोबास गर्दै आएका नेपाली समुदायकाबीच इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

फार वेस्टर्न नेप्लिज सोसाइटी टेक्ससले शनिबार आइतबार दुई दिन इन्टर स्टेट भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताका लागि १८ टोलीको सहभागिता निश्चित भइसकेको आयोजक टोलीका कप्तान समेत रहेका राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान कैलाश भट्टले जानकारी दिएका छन् ।

प्रतियोगितामा फार मिड वेस्टर्न नेप्लिज सुपर भलिबल टिम ए डालास, टिम बी, मेरिल्यान्ड नेप्जिल भलिबल क्लब ए, बी, कलफुल कोलोराडो नेपाल भलिबल टिम, नेपस्टार डिएफडब्यू भलिबल टिम डालास, युनाइटेड ब्रदर्श भलिबल टिम, टिम गोर्खाज भलिब टिम, युनाइटेड वेस्ट रुकुम भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै सिन्धु समाज न्यू वर्क भलिबल टिम, नेपाली भाषा घर न्यू योर्क, न्यू योर्क सिटी भलिबल टिम, लस एन्जल्स भलिबल टिम, सान फ्रान्सिस्को भलिब टिम, टिम हस्टन भलिब टिम, कोलम्बस भलिबल टिम ए, बी र बिवाईएससीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा भाग लिने टोलीले ५ सय १ अमेरिकी डलर दर्ता शुल्क बुझाउनु पर्नेछ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५ हजार, दोस्रो टोलीले २ हजार तेस्रो हुने टोलीले १ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । आयोजक क्लबका अध्यक्ष भैरव शाही र प्रतियोगिताको संयोजक गोविन्द शाही रहेका छन् ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

March 1, 2025

केभिआर स्टेज रेस च्यालेन्ज – लोकेन्द्र र सोनिमा विजेता

काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

Success

Thank you for your time.