default_image

10 years ago

September 9, 2015

रग्वी संघ र ब्रिटिस कलेजबीच सम्झौता

141 views

0 Bookmark

काठमाडौ २३ भदौ ।
रग्वी खेलको विकास लागि नेपाल रग्वी संघ र द ब्रीटिस कलेजबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

1 (1)

नेपालमा हुने रग्वी विकासका हरेक कार्यमा एकवर्ष लागि सहकार्य गर्ने उद्धेश्यले संघ र कलेजबीच हस्ताक्षर भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सकुन्तला नगरकोटिको प्रमुख आतिथ्यमा रग्वी सङघका अध्यक्ष टङ्क लाल घिसिङ र कलेजका सिइयो राजन कडोलले हस्ताक्षरित सम्झौता पत्र एक आपसमा हस्तान्तरण गरे । सम्झौता पत्रमा कलेजको तर्फबाट एकवर्षमा अन्तर कलेज रग्वी च्याम्पियनसिप गर्ने,सङघको खेल विकासको गतिविधीमा सहयोग गर्ने र विद्यार्थीलाई रग्वी खेलमा समावेश गर्ने रहेको रग्वीका प्रशिक्षक गोविन्द घिमिरेले बताए ।

सङघकोतर्फबाट भने कुनैपनि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा कलेजको लोगो प्रयोग र सङघले संयुक्त रुपमा रुपमा राष्ट्रिय प्रतियोगिता गर्ने लगायत समावेश छन् । सो अवसर इंग्ल्याण्डमा हुने रग्वी वल्र्डकप–२०१५ नेपालमा मनाउनका लागि एक महिना उत्सव कार्यक्रमको उद्घाटन राखेपका सदस्य सकुन्तला नगरकोटी गरीन् । एकमहिना कार्यक्रममा वल्र्डकप उद्घाटनको उत्सव,वल्र्डकप सेलिब्रेसनको मास र्‍यालि,बाइक र्‍यालि,ब्रीटिस कलेज र सङघविच मैत्रिपुर्ण खेल, वल्र्डकप लक्की ड्र र वल्र्डकपको प्रत्यक्ष प्रसारणका हेर्नका लागि विभिन्न केन्द्रको ब्यवस्था लगायत छन् । कार्यक्रममा राखेप सदस्य नगरकोटिले नेपालमा सङघले रग्वी खेल विकास लागि गरेको योगदानको प्रसशां गर्दै थप सफलताको शुभकामना दिइन् ।

रग्वी सङघका अध्यक्ष टङक लाल घिसिङले सङघले खेल विकाशका लागि राज्यको सहयोगको आवश्यक रहेको बताए । रग्वी खेल आगमी मसिंरमा हुने सातौ राष्ट्रिय खेलकुदमा प्रदर्शन खेलको रुपमा समेत राखिएको छ ।

April 15, 2025

अन्तर्राष्ट्रिय जुडो यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद महासंघ (नेकोस) तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीवार हुने भएको छ । प्रतियोगितामा नेपालका विभिन्न जिल्ला/क्लब, भुटान र थाइल्यान्डका २ सय ५० खेलाडीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जुडो संघ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी गराए । पुरुषमा १२ र महिलामा ११ […]

April 13, 2025

केएनपी महिला भलिबलको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने आठौं केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले प्रत्यक्ष प्रसारणको लागि आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। बढीमा ६ टोलीको सहभागितामा वैशाख १० देखि १३ गतेसम्म प्रतियोगिता सन्चालन हुनेछ। […]

April 13, 2025

तेक्वान्दो निर्णायक काजल अमेरिकामा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिकामा सम्मानित भएकी छिन् काजललाई न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले आफ्नै एकेडेमीमा स्वागत गर्दै नगद र सम्मान पत्रले सम्मानित गरिएको हाे । काजललाई एसियाडका कास्य तथा सागका स्वर्ण र रजत विजेता मनिता शाहीबाट ३ सय अमेरिकी डलर र पुष्प थापा मगरबाट १ सय […]

Success

Thank you for your time.