8 years ago
October 14, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मुकेशकुमार ठाकुरले इन्डोनेसियाको जकार्तामा भएको छैटौं तफिसा वल्र्ड स्पोर्ट्स फर अल गेम्सअन्तर्गत दोश्रो जोरखाने फेस्टिभल च्याम्पियनसिपको पुरुष कुस्ती ८०–९० केजीमा रजत पदक जितेका छन् ।
अक्टोबर ६ देखि १२ तारिखसम्म भएको प्रतियोगितामा मुकेशको स्पर्धामा १७ खेलाडीले प्रतिस्पर्धा गरेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । सहभागी खेलाडीलाई दुई समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइएको थियो । उनले पाकिस्तान र इराकका खेलाडीलाई पराजित गरे । फाइनलमा मुकेश इरानका खेलाडीसंग पराजित भएपछि रजत पदक पक्का भएको थियो । भारत र अजरबैजानका खेलाडी संयुक्त रुपमा तेश्रो भए । पर्सा निवासी २४ वर्षिय मुकेशको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
प्रतियोगितामा नेपालबाट मुकेशसहित ७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । बाँकी सबै पदकविहीन रहे । कुस्तीमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) तथा १७ औं इन्चोन एसियाडमा सहभागी सुमिरकुमार साहले पुरुष ९० केजीमाथि तथा कुन्दन साहले ५०–६० केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए । कुन्दनले जोरखानेमा पनि भाग लिएका थिए ।
कुन्दनसहित जोरखानेमा सहभागी अन्य खेलाडी अनुजसिंह श्रेष्ठ, मिलन राना मगर, कमल श्रेष्ठ र अनन्त अर्यालले विभिन्न व्यक्तिगत र टिम इभेन्टमा नेपालको चुनौती प्रस्तुत गरेका थिए । जोरखानेमा समग्रमा नेपाल चौथो स्थानमा रह्यो । नेपालले ७३ अंक जोड्यो । इरान १ सय ५१ अंकसाथ पहिलो र अजरबैजान १ सय ४० अंकसाथ दोश्रो भए । ९९ अंकसाथ इराक र ८० अंकसाथ अफ्गानिस्तान संयुक्त रुपमा तेश्रो भए । टोलीको प्रशिक्षकमा रविन घिमिरे तथा अफिसियलमा नेपाल जोरखाने खेलकुद संघका उपाध्यक्ष सूर्य बुढाथोकी रहेका छन् ।
जोरखानेमा विभिन्न २६ राष्ट्रका १ सय ७८ खेलाडीले सहभागिता जनाएको अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघका अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी सम्राटले जानकारी गराए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]