4 years ago
March 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुमिना खड्का आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसिपको ६० केजी तौल समूहमा छनोट भएकी छन् ।
आरडिएस क्लबकी सुमिनाले बुधवार बक्समाण्डौंकी डेचेन शेर्पालाई निर्धारित तीन राउण्डको खेलमा अंकका आधारमा ४–१ ले हराउदै छनोट भएकी हुन् ।
४८ केजी तौल समूहमा नक्सालकी सुष्मा तामाङ मंगलबार नै वल्र्ड च्याम्पियनसिपका लागि छनोट भएकी थिइन् । नेपाल बक्सिङ संघले आयोजना गरेको छनोट प्रतियोगितामा सुष्माले झापाकी सुस्मिता राईलाई अंकका आधारमा ३–२ को हराउँदै छनोट भएकी थिइन् । संघका अनुसार आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसिप पोल्याण्डमा अप्रिल ११ देखि २३ सम्म संचालन हुनेछ ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]