default_image

4 years ago

March 17, 2021

पोखरामा यसै महिना रेस्लिङ हुने

109 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – यसै महिना पोखरामा नेपालका उत्कृष्ट रेस्लर भिड्ने भएका छन । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा दोस्रो संस्करणको प्रतियोगिता पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा रेस्लर नुवाकोटे टाइगर, थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, जोनलगाएत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

चैत २० र २१ गते हुने रेस्लिङमा २२ वर्षदेखि ३८ वर्षसम्मका खेलाडीले भाग लिने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिईन् । उनले कोभिडका कारण अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता गराउन नसकिएको बताइन् ।

रेस्लिङ प्रतियोगिताका लागि १ सय र २ सय टिकट शुल्क तोकिएको छ । रिङ रेस्लिङ खेलको विकास तथा विस्तारका लागि खेलाडी उत्पादनसँगै निरन्तर तालिमको व्यवस्था गर्न रिङ रेस्लिङ एकेडेमीको स्थापना गरिने महासचिव श्रेष्ठले बताइन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य राजेश गुरुङले रेस्लिङ खेलको विकासको लागि योगदान दिँदै आएको नेपाल रिङ रेस्लिङ संघलाई धन्यवाद दिए ।

त्यसैगरि गण्डकी प्रदेश खेलकुद परिषद्का नव नियुक्त सदस्य सचिव तेज गुरुङले यस्ता प्रकारका प्रतियोगिता सम्पन्न गर्न पोखरालाई रोज्नु भनेको गण्डकी प्रदेशकै गौरव विषय भएको बताए । उनले भने, ‘पोखरालाई खेलकुदको राजधानी भनिरहेकै अवस्थामा यस्ता प्रतियोगिताले अर्को इट्टा थप्नेछ ।’

प्रतियोगिताको विजेताले च्याम्पियन बेल्टसहित १ लाख र दोश्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा झन्डै २९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.