4 years ago
March 15, 2021
सुर्खेत (हाम्रो खेलकुद) – सुर्खेतमा कर्णालीकै सर्वाधिक पुरस्कार राशीको प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । चुली युवा क्लव सुर्खेतको आयोजनामा चैत ११ गते प्रथम चुली कप प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगीता सञ्चालन हुने भएको छ ।
प्रतियोगिताको विजेता टोलीले उपाधिसहित २ लाख रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष महेश जिसीले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको दोस्रो हुने टोलीले १ लाख ५० हजार, तेस्रोले १ लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ हजार र प्रतियोगिता उत्कृष्ट प्रशिक्षकले ७ हजार ५ सय रुपैयाँ पाउनेछन् ।
त्यस्तै उत्कृष्ट सेटर, ब्लकर, डिफेन्डर र सर्भरले समान ७ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा भाग लिन चाहने टोलीले १० हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने प्रतियोगिता संयोजक मोतिराम नेपालीले जानकारी दिए । प्रतियोगितामा कर्णाली प्रदेशबाहेकका खेलाडीले पनि भाग लिन पाउनेछन् । इच्छुक क्लबले चैत १० गते भित्र टोलीको दर्ता गराउनुपर्ने बताइएको छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]