4 years ago
March 15, 2021
सुर्खेत (हाम्रो खेलकुद)– चन्द्रकुमार गिरी जिल्ला खेलकुद विकास समिति सुर्खेतको अध्यक्षमा पुनः नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सोमबार गिरीलाई नियुक्त गर्दै सपथग्रहण गराएको हो ।
यस अघि २०७१ मा पनि समितिको अध्यक्ष भइसकेका गिरी भलिवलका पूर्व राष्ट्रिय खेलाडी तथा भलिवल संघ सुर्खेतका अध्यक्ष समेत हुन् । कर्णाली प्रदेश खेलकुद परिषद्ले उनलाई संघको अध्यक्ष बनाउन सिफारिस गरेको थियो । मन्त्रालयले उनी संगै जिल्ला खेलकुद विकास समिति हुम्लाको अध्यक्षमा विनोद बोहरालाई नियुक्त गरेको छ ।
कर्णालीमा आयोजना गर्ने भनिएको १० औं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माणको पहल गर्ने पहिलो प्राथमिकता भएको अध्यक्ष गिरीले बताएका छन् । पालिका स्तर र स्थानीय तहमा आयोजना गरिने विभिन्न खेलकुदका गतिविधी संगै राष्ट्रिय खेलकुदका लागि परिषद् र मन्त्रालयसंग सहकार्य गरी अघि बढ्ने गिरीले बताएका छन् ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]