4 years ago
March 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तीन महिनापछि पोखरामा पोखरा हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको प्रत्यक्ष प्रसारण अधिकार कान्तिपुर टेलिभिजन र इकान्तिपुर डटकमले लिएको छ ।
फुटसल लिगको व्यवस्थापन कम्पनी टर्नपाइक इभेन्ट प्रालिले बुधबार प्रत्यक्ष प्रसारण अधिकार र डिजिटल प्रत्यक्ष प्रशारण अधिकारका लागि कान्तिपुर टेलिभिजन र ई–कान्तिपुर डटकमसँग सम्झौता गरेको हो ।
कान्तिपुरका ब्रोडकास्टिङ डाइरेक्टर सुरज सिंह ठकुरी र टर्नपाइकक प्रमुख कार्यकारी अधिकृत युकेश लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदान प्रदान गरे । सम्झौतासँगै प्रतियोगिताको सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजन र कान्तिपुर अन्तर्गत रहेका डिजिटल माध्यमबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
फुटसलको ‘ए’ डिभिजन लिग जेठ १ देखि २२ सम्म पोखराको बहुउद्देश्यीय कभर्डहलमा हुनेछ । लिगमा १० टिमले प्रतिस्पर्धा गर्नेछ । जसमा बागमती प्रदेशबाट ४ टोली, प्रदेश १ र गण्डकी प्रदेशबाट समान २–२, प्रदेश २ बाट एक टोली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट संयुक्त एक टिम हुनेछ ।
लिग विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार रुपैयाँ पाउने छन् । एन्फाले सहभागी हरेक टिमलाई १ लाख रुपैयाँ उपलब्ध गराउने छन् ।
प्रतियोगिताबाट नेपालको राष्ट्रिय फुटसल टोली चयन गरिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाले इरानसँग मैत्रीपुर्ण फुटसल खेलाउने तयारी गरिरहेको छ ।
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन गरिएको छ। राखेपका सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पियनहरु बैकुण्ठ मानन्धर, जितबहादुर केसी दिपक विष्ट, विष्णु बहादुर सिंह लगायत १५ जना ओलम्पियनहरुले बुधवार संयुक्त रुपमा पुस्तकको विमोचन गरे। राखेपले ओलम्पिकमा नेपाल सहभागी भएको सन् १९६४ देखि देखि २०२४ सम्मको इतिहास […]
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघको आयोजनामा अर्को महिना हुने नवौं पिएम कप एनभिए महिला पुरुष भलिबल लिगसँग शिवम् सिमेन्ट जोडिएको छ। लिगमा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ रुपमा जोडिएको भलिबल संघले जनाएको छ। शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवाल तथा भलिबल संघका महासचिव रोशन श्रेष्ठले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता रकम खुलाइएको छैन। […]
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]