4 years ago
February 28, 2021
काठमाडौ (हाम्रो खेलकुद) – कमल खत्री खेलकुद पत्रकारिता पुरस्कार २०७७ बाट आइतबार सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले खेल पत्रकार खत्रीलाई खेलकुद पत्रकारिता पुरस्कारसँगै नगद ५० हजार रुपैयाले पुरस्कृत गरेको हो ।
यस्तै अन्य आठ खेलकुद पत्रकार खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित भएका छन् । जसमा प्रदेशतर्फ प्रदेश–१ का हिमाल खरेल, प्रदेश–२ का रन्जनकुमार भण्डारी, बागमती प्रदेशका अनिल मल्ल ठकुरी, लुम्बिनी प्रदेशबाट माधवप्रसाद अर्याल, लुम्बिनी प्रदेशबाट मुक्तिबाबु रेग्मी, कर्णाली प्रदेशबाट भुपेश उपाध्याय र सुदूरपश्चिमबाट सिताराम ओझाले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । प्रदेश १ खरेल हाम्रो खेलकुद डटकममा आबद्ध छन् ।
महिलातर्फ राष्ट्रिय समाचार समितिकी मुना कार्की खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पुरस्कृत भइन् । उनीहरु सबैले समान २५–२५ हजार प्राप्त गरे । सम्मानित सबैलाई युवा तथा खेलकुद मन्त्री दावा लामाले पुरस्कृत गरे ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]