4 years ago
February 27, 2021
विजय नेपाली, पोखरा
गत वर्ष मंसिरमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को भव्य आयोजना गर्यो । पदक तालिकाको दोस्रो स्थानमा रहने क्रममा पहिलो पटक ५१ स्वर्णसहित २ सय ७ पदक जित्दै एतिहास रच्यो ।
३७ वर्षे लामो इतिहास भएको साग नेपालले तेस्रो पटक आयोजना गरेको थियो। पहिलो पटक सागका खेलकुद काठमाडौं उपत्यका वाहेक आयोजना भएको थियो। पोखरा र जनकपुरले पनि सागका खेलको आयोजना गर्ने अवसर पायो ।
तर, साग आयोजनाका मुख्य जिम्मेवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले ९० दिन भित्र हिसाबकिताब सार्वजनिक गर्ने आफ्नो घोषणा पूरा गर्न वर्ष दिन लगाए । एक वर्षपछि मंसिरमा सिलवालले हिसाब सार्वजनिक गर्दै साग आयोजनामा १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैया खर्च भएको जानकारी दिए ।
सागका २६ मध्ये ८ खेल पोखरामा आयोजना भएको थियो । पोखरामा सागका लागि ७ करोड ६२ लाख ९८ हजार २ सय २४ रुपैँया खर्चभएको बताइएको थियो । सागको हिसाब सार्वजनिक गरेको ४ महिना वितिसक्दा पोखरामा सागकै खर्च भएको २ करोड रुपैयाँ आउनै बाँकी रहेको छ । केहि दिन अघि पोखरामा आयोजित खेलाडी अभिमुखीकरण कार्यक्रममा राखेप सदस्य सचिव सिलवालले रकम निकासाका लागि चैत महिनासम्म कुर्न आग्रह गरे ।
राखेपका सदस्य राजेश गुरुङले पनि पोखरामा आउनुपर्ने रकम बाकी रहँदा समेत खेल पदाधिकारीहरुले समन्वय गरिरहेको बताएका थिए । पश्चिमाञ्चल खेलकुद विकास समितिले पनि केहि समय कुर्न भनेपछि आउन बाँकी रकमको सुचि भने दिएको छैन ।
पोखराका विभिन्न खेलसंघहरुले भौतिक पूर्वाधार निर्माण, मर्मत तथा खेलसामग्री खरिद गर्दाको रकम पाएका छैनन् । जसमध्ये कास्की जिल्ला क्रिकेट संघ, व्याडमिन्टन संघ लगायत संघ र केहि समिति छन्। यता राखेपले भने केहि साता अघि रात्री भोजको आयोजना गर्दै सागका सबै समिति बिघटन गरेको थियो ।
कास्की जिल्ला ब्याडमिन्टन संघले अझै ८० लाख रुपैयाँ पाउनै बाँकी छ । संघका अध्यक्ष डम्बरसिंह गुरुङले राखेपले रकम निकासा नगर्दा व्यवसायीले पैसाका लागि निकै दबाब दिने गरेको बताए । उनले भने ‘हामीलाई निकै समस्या भएको छ । दिनदिनै फोन आउँद पैसा माग्छन् । रकम दिनुपर्ने ठाउँमा राखेप आएपछि दिने भन्दै लाज पचाएर बस्नुपर्ने अवस्था छ ।’ राखेपमा रकमका लागि बारम्बार ताकेता गरेपनि आसवासनमात्र पाएको उनको अनुभव छ ।
कास्की जिल्ला क्रिकेट संघले पनि मैदान मर्मतको २० लाख रुपैयाँ लिन बाँकी छ । संघका अध्यक्ष संजयकान्त सिग्देलले रकम नपाएकोमा गुनासो गरेका छन् । पोखरामा २ करोड रुपैयाँ आउन बाँकी रहेको जनाइएपनि कुन शीर्षकमा कति रकम आउनुपर्ने हो भन्ने क्षेत्रिय खेलकुद विकास समितिले प्रष्ट जवाफ दिंदैन ।
क्षेत्रिय खेलकुद समितिका प्रमुख लक्ष्मण योगीसँग सागको शीर्षक सहितको खर्च विवरण माग्दा त्यो सामान्य विषय भएकाले छाडिदिन आग्रह गरे । उनले भने ‘सामान्य कुरा छाडिदिनुस् । अब चैतमा पैसा आउँछ भनेका छन् आउला नी ।’
तीनै स्थानको हिसाबकिताब समयमा नआएको र कोरोना महामारीको कारण खर्च सार्वजानिक गर्न ढिला भएको भन्दै सिलवालले एक वर्षमा सागको आयव्यय विवरण सार्वजनिक गरेका थिए।
सागका लागि पूर्वाधार निर्माण र मर्मतमा सुरुवातदेखि २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैया खर्च भएको बताइएको थियो । राखेपले सुरुमा सागका लागि ५ अर्ब ६९ करोड बजेट प्रस्ताव गरेको थियो । सरकारले पछि ३ अर्ब ६५ करोड विनियोजन गरेको थियो ।
सागमा सरकारबाट १ अर्ब २३ करोड १८ लाख ४८ हजार, टिकट बिक्रीबाट २ करोड ६७ लाख ११ हजार ६ सय ७५, विज्ञापनबाट २० लाख ९ हजार ९ सय १५ र सहभागी राष्ट्रबाट ११ करोड २१ लाख ३५ हजार ५ सय ९८ रुपैयाँ आय भएको सदस्यसचिव सिलवालले त्यति बेला जानकारी दिएका थिए ।
पोखराका लागि ११ शीर्षकमा ७ करोड ६२ लाख ९८ हजार २ सय २४ रुपैयाँ खर्च भएको सार्वजानिक गरिएको थियो । तर, भुक्तानी कति गर्न बाँकी छ भन्ने विषयमा हिसाब सार्वजनिकका क्रममा गरिएन ।
सार्वजानिक भए अनुसार होटल बसोबासमा ४ करोड ९७ लाख १० हजार २ सय ४४, यातायात व्यवस्थामा ६९ लाख ७० हजार ४ सय ८०, समारोह उद्घाटन समानमा १५ लाख २९ हजार ५ सय ६६, प्रचार प्रसारमा १६ लाख ४९ हजार २ सय ७४, खेल सामग्री व्यवस्थामा २ लाख,अनुगमन समितिमा २ लाख रुपैयाँ खर्च भएको बताएको थियो ।
त्यस्तै स्वास्थ्य समितिमा १४ लाख ४७ हजार ६ सय ५५, सुरक्षा सम्बन्धी खर्चमा १२ लाख ४६ हजार ६ सय ३३, सचिवालय खर्च ९० लाख ३ हजार ८ सय ७३, स्वयम् सेवक परिचालनमा ३७ लाख ८६ हजार ९ सय ९८ र अतिथि सत्कारमा ५ लाख ५३ हजार ५ सय १ रुपैँया खर्च भएको सार्वजानिक गरिएको थियो । तर राखेपले पोखरामा सागका दौरान भएको खर्चको कति रकम दिन बाँकी छ भने कतै देखाएको छैन ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]