default_image

4 years ago

February 25, 2021

टेबल टेनिसको राष्ट्रिय जुनियर क्याम्प सुरु

150 views

0 Bookmark


बुटवल (हाम्रो खेलकुद) – टेबेल टेनिसको राष्ट्रिय जुनियर क्याम्प बिहीबार बुटवलमा सुरु भएको छ । एसियाली टेबल टेनिस युनियन (एटिटियू) को ‘एइम फर द स्टार्स’ कार्यक्रम अन्तर्गत प्रशिक्षण सुरु भएको हो ।

एक साता सम्म चल्ने प्रशिक्षण कार्यक्रममा २९ जुनियर खेलाडीको सहभागिता रहेको बताइएको छ । एटिटियूका प्रशिक्षक अन्सुल गर्गले प्रशिक्षण सञ्चालन गर्नेछन् ।

नेपाली ३ प्रशिक्षक सन्ध्या शाक्य, राजेन्द्र श्रेष्ठ र महेश खनालले प्रशिक्षणमा गर्गलाई सहयोग गर्ने अखिल नेपाल टेबल टेनिस संघले जनाएको छ । बुटवल उप–महानगरपालिकाका मेयर विशराज सुवेदीले प्रशिक्षणको उद्घाटन गरे ।

नेपालले ‘एइम फर द स्टार्स’ कार्यक्रम तेस्रो पटक सञ्चालनको अवसर पाएको हो । संघका केन्द्रिय अध्यक्ष अध्यक्ष बैद्यले यस्त प्रशिक्षण कार्यक्रमकाले युवा तथा प्रतिभावान टेबल टेनिस खेलाडीले कम समयमा धेरै सिक्ने अवसर पाउने बताए । उनले भने, ‘यसपटक बुटवलमा प्रशिक्षण सञ्चालन हुँदा मोफसलका युवा खेलाडीले पनि मौका पाएका छन् । यो सुखद पक्ष हो ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.