4 years ago
February 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल राजर्षी गुरुकुल (विद्यालय) को मुख्य खेलकुद सल्लाहकारका रुपमा नियुक्त भएका छन् ।
भक्तपुर सल्लाघारीमा रहेको गुरुकुलले बिहीबार कार्यक्रमकाबीच ज्ञानेन्द्रसँग सम्झौता गरेको थियो । गुरुकुलका अध्यक्ष राजेश चौधरी र ज्ञानेन्द्रले सम्झौता पत्रमा हस्ताक्षर पत्रमा हस्ताक्षर गरे । सम्झौता एक वर्षको रहने बताइएको छ ।
सम्झौता पछि गुरुकुलका अध्यक्ष राजेश चौधरीले राष्ट्रिय क्रिकेट टोलीको कप्तानसँग जोडिन पाउँदा खुसी लागेको र ज्ञानेन्द्रको आगमनले गुरुकुलमा खेलकुदको थप माहोल बढ्ने विश्वास व्यक्त गरे ।
ज्ञानेन्द्रले पनि खुसी व्यक्त गर्दै गुरुकुल परिवारलाई धन्यवाद दिएका थिए । सन् २०१२ मा स्थापना भएको गुरुकुलमा कक्षा–१२ सम्म अध्ययन हुँदै आएको छ ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]