4 years ago
February 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले अर्को महिना पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता स्वर्गिय कृष्ण प्रसाद भट्टराई (किसुनजी) को नाममा महिला तथा पुरुष हाफ म्याराथन आयोजना गर्ने भएको छ ।
संघका प्रदेश संयोजक एवं केन्द्रिय सदस्य दीपक गुरुङले चैत्र २२ गते प्रथम किसुनजी स्मृती राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता २०७७ आयोजना गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
नेपाली राजनीति र नेपाली खेलकुदको क्षेत्रमा किसुनजीको योगदानलाई स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको गुरुङले बताए । भट्टराई प्रधानमन्त्री हुँदा नेपालले काठमाडौंमा आठौं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गरेको थियो । त्यति बेला नेपाल पहिलो पटक पदक तालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो ।
प्रतियोगितालाई भविष्यमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा रुपान्तरित गर्दै लक्ष्य रहेको बताए । संघले नयाँ खेलाडी उत्पादन, खेलकुदको व्यसायिकरण र सन्यासपछिको सहज जीवनका लागि आउने दिनमा सम्बन्धित निकायमा पहल गर्ने पनि गुरुङले बताए ।
म्याराथनका महिला र पुरुषतफृका दुवै विजेताले उपाधिसहित २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार तथा चौथो र पाँचौंले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । संघको प्रचारका लागि पनि तत्काल हाफ म्याराथनको आयोजना गरिएको जनाउँदै संयोजक गुरुङले भविष्यमा अन्य प्रतियोगिता पनि आयोजना गर्ने योजना रहेको सुनाए ।
म्याराथन काठमाण्डौ क्षेत्र नं. ४ गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु हुँदै धुम्बाराही चोक, चावहिल, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, जयनेपाल हल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, बुढानिलकण्ठ प्रहरी बिट हुँदै पुनः सोहिस्थानमा पुगेर टुंगिने तय भएको जानकारी दिइयो ।
नेपाल एथलेटिक्स संघका सचिव एवंम प्रतियोगिताका निर्देशक आरके विष्टले हाफ म्याराथन कमै आयोजना भइरहेको सन्दर्भमा यसरी प्रतियोगिता आयोजना हुनु सुखद भएको बताए । संयोजक गुरुङले प्रतियोगितामा ८० खेलाडीको सहभागिता रहने अनुमान गरिएको बताए ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]