default_image

4 years ago

February 22, 2021

राष्ट्रिय भलिबल टोलीलाई केल्मीको प्रायोजन

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल महिला र पुरुष टोलीले पहिलो पटक प्रायोजक पाएको छ । अन्तर्राष्ट्रिय खेल पोशाक कम्पनी केल्मीले भलिबलका राष्ट्रिय महिला र पुरुष दुवै टोलीलाई दुई वर्षका लागि प्रायोजन गरेको छ ।

केल्मी र भलिबल संघबीच सोमबार प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ । संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्तारक्षण गरेका हुन् ।

सम्झौता अनुसार केल्मीले राष्ट्रिय टोलीका महिला र पुरुष टोलीलाई समान २ सेट जर्सी, ट्रेनिङ जर्सी, ट्रयाकसुट, ब्याग, जुत्ता उपलब्ध गराउने छ । त्यस्तै केल्मीले संघलाई २ सय ५० थान केल्मीको भलिबल उपलब्ध गराउनेछ । महिला टोलीमा लगातार सफलता हासिल गर्दै आएको टोलीले भदौंमा चीनमा एसियन च्याम्पियनसिप खेल्दैछ ।

त्यसअघिको यो प्रायोजना सम्झौता हुनुलाई दुवै पक्षले सुखद संयोग मानेका छन् । महिला टोलीले गत वर्ष कात्तिकमा बंगलादेशमा एभिसी सेन्ट्रल जोनमा स्वर्ण र मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) रजत पदक जितेको थियो । साग इतिहासमा नेपाली भलिबल टोलीले प्राप्त गरेको त्यो अहिले सम्मकै ठूलो सफलता हो ।

केल्मीले यसअघि तीन वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गर्दै आएको छ । त्यस्तै ए डिभिजनका विभिन्न क्लबसँग पनि केल्मीको सम्झौता रहेको छ । सम्झौता अनुसार भलिबल संघले स्वीकृत प्रदान गर्ने सबै प्रतियोगितामा केल्मीको भलिबल प्रयोग गर्नुपर्नेछ । महिला र पुरुष टोलीले केल्मीले प्रायोजन गरेको जर्सीको प्रयोग गर्नेछ । संघले केल्मीको प्रबद्र्धनमा सहयोग गर्ने सम्झौतामा रहेको बताइएको छ ।

केल्मीका निर्देशक न्यौपानेले नेपालको राष्ट्रिय खेल भलिबललाई केल्मीले अग्रभागमा राखेर अगाडि बढेको भन्दै पहिलो पटक २ बर्षको लागि सम्झौता भएको बताए । उनले नेपालमा फुटबलबाट सुरुभएको सहयोगको सिलसिला एपिएफ क्लब हुँदै भलिबल सम्म आईपुगेको बताए । उनले फुटबलमा केल्मीले गरेको सहयोगले अरु कम्पनीहरुले समेत प्रतिस्पर्धा गर्न थालेको भन्दै यो अवस्था भलिबलमा लागु होस् भन्ने कामना गरे । न्यौपानेले खेलाडीको भविष्य सुनिश्चित गर्नु संघको दायित्व भएको भन्दै टोलीको प्रशिक्षणलाई निरन्तरता प्रदान गरेमा मात्र नतिजा प्राप्त हुने बताए ।

राष्ट्रिय भलिबल टोलीको आफ्नै डिजाइनमा जर्सी तयार गर्ने उल्लेख गर्दै केल्मी नेपालका निर्देशक न्यौपानेले भने,‘ त्यसका लागि हामीले २ महिनाको समय मागेका हौं । सामान हस्तान्तरण गर्दा त्यसको मुल्य पनि बताउनेछौं ।’

संघका महासचिव जितेन्द्र बहादुर चन्दले नेपाली भलिबलका लागि ब्रान्ड बन्न लागेको केल्मीलाई भलिबलको माध्ययमले गाँउ गाँउ सम्म प्रचार प्रसार र मार्केटिङ्ग गर्ने बताए । केल्मीले वर्षको २ सय ५० बल उपलब्ध गराउने मध्ये ३० वटा बल कार्यक्रमकै दौरानमा हस्तान्तरण गरिएको थियो । बाँकी बल अन्य सामाग्रीसँगै हस्तान्तरण गरिने बताइएको छ ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

March 1, 2025

केभिआर स्टेज रेस च्यालेन्ज – लोकेन्द्र र सोनिमा विजेता

काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

Success

Thank you for your time.