4 years ago
February 21, 2021
काठमाडौं (हाम्रो खेलकुद)– सफलराम श्रेष्ठ इटालीमा जारी एफआइएस अल्पाइन विश्व स्की च्याम्पियनसिपका लागि छनोट भएका छन् ।
च्याम्पियनसिपको स्लालोम छनोट चरणमा सहभागीमध्ये ४४ औं स्थानमा रहँदै सफलराम अन्तिम चरण पुग्न सफल भएका हुन् । शनिबार भएको छनोटमा एफआइएस ३३०.२१ अंक जोडेका थिए । च्याम्पियनसिपमा भाग लिन सफलराम झन्डै १० दिन अघि आयोजना स्थल पुगेका थिए ।
छनोट दुई चरणमा भएको थियो । पहिलो चरणमा सहभागी १ सय १२ मध्ये दोस्रो चरणका लागि ५० खेलाडी छनोट भएका थिए । ६२ खेलाडीले प्रतिस्पर्धा पूरा गर्न सकेनन् । पहिलो चरणमा ४९ औं स्थानमा रहँदै छनोट भएका सफलरामले दोस्रो चरणमा सुधार गरेका थिए ।
विश्व स्की संघको वेभसाइडमा उल्लेख भए अनुसार सफलराम दोस्रो चरणमा ४४ औं स्थानमा रहन सफल भएका थिए । सफलरामले आज मुख्य प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उनका बाबु समेत रहेको नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए ।
दक्षिण एसियाली राष्ट्रबाट २ खेलाडी सहभागी थिए । जसमा भारतीय खेलाडी मोहम्मद आरिफ खानले प्रतिस्पर्धा पूरा गर्न सकेनन् । अब दक्षिण एसियाबाट सफलराममात्र प्रतिस्पर्धा गर्नेछन् ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]