4 years ago
February 20, 2021
मध्यपुर (हाम्रो खेलकुद) – एनएनआइपिए स्पोर्टस अवार्डमा विभिन्न २६ खेलाडी वर्षका उत्कृष्ट खेलाडी २०७६ बाट सम्मानित भएका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी (एनएनआइपिए) ले शनिबार अवार्डको १५ औं संस्करणमा २६ खेलाडीलाई सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडीबाट सम्मानित गरेको हो । उत्कृष्ट खेलाडीको सुची यसअघि नै एनएनआइपिएले सार्वजनिक गरिसकेको थियो । सम्मानित अधिकांश खेलाडी गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी हुन् ।
मध्यपुर थिमीको दुई पोखरीमा आयोजना भएको अवार्ड सबै खेलाडीले एनआइपिए र सम्बन्धित संघले संयुक्त रुपमा १० हजार रुपैयाँ प्राप्त गरे ।
अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपिए बर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिदै आएको छ ।
मध्यपुर थिमी नगरपालिका सहआयोजक रहेको अवार्डमा केल्मी नेपाल, प्लाजा होटल ग्रुप, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, गजराज जोशी ट्रष्ट, ग्लोबल आइएमइ बैंक, श्रीनाथ कलेक्सन, राइका टुर्स एन्ड ट्राफल्स, स्काई फिट, आदर्शक समाज विकास केन्द्रको साथ रहेको एनआइपिएले जनाएको छ ।
एनएनआइपिए स्पोर्टस् अवार्डमा वर्षका उत्कृष्ट खेलाडी
गौरिका सिंह (पौडी)
मण्डेकाजी श्रेष्ठ (कराते)
सुजल श्रेष्ठ (फुटबल)
पुरुषोत्तम बज्राचार्य (टेबल टेनिस)
कल्पना परियार (सुटिङ)
कुलबहादुर थापा (भलिबल)
विकास थापा भारोत्तोलन (भारोत्तोलन)
प्रदीप खड्का (लन टेनिस)
रविना थापा (फेन्सिङ)
कल्पना ओली (ह्यान्डबल)
विपना ब्लोन (स्क्वास)
मिनु गुरुङ (बक्सिङ)
श्याम बुढाथोकी (खो खो)
रत्नजित तामाङ (ब्याडमिन्टन)
सोनी तामाङ (ट्राइथोलन)
अन्जली चन्द (क्रिकेट)
आयशा शाक्य (तेक्वान्दो)
सुवास तामाङ (गल्फ)
देविका खड्का (जुडो)
सनातन मल्ल (आर्चरी)
जुनी राई (उसु)
अनुशा मल्ल (बास्केटबल)
संगिता धामी (कुस्ती)
मेनुकाकुमारी राजभण्डारी (कबड्डी)
सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
बुद्धिबहादुर तामाङ (साइक्लिङ)
पारा एथलेट – केशव थापा (टेबल टेनिस)
January 2, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ अन्तरगत बुधवार तय गरिएका ३ खेल मध्ये २ खेल मात्र सम्भव भएको छ। चिसो र हुस्सुसंगै शीत परेपछि मैदान गिलो भएका कारण एपिएफ र गल्कोट भलिबल क्लबबिचको खेल स्थगित गर्नु परेको आयोजकले जनाएका छन् । एपिएफ र गल्कोटबिच चौथो सेट खेल्ने […]
January 1, 2025
ललितपुर (हाम्रो खेलकुद)- ललितपुरका सिएम सजिन महर्जनले राष्ट्रब्यापी फिडे र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। ललितपुर स्पोर्ट्स क्लबले पूर्व नेपाल च्याम्पियन फिडे मास्टर बिलम लाल श्रेष्ठको स्मृतिमा आयोजना गरेको प्रतियोगितामा बुधवार ७.५ अंकका साथ सिजनले उपाधि जितेका हुन् । ललितपुर स्थित तुल्सीलाल प्रतिष्ठानमा भएको प्रतियोगितामा १ सय २२ खेलाडीको सहभागिता थियो।९ चरणको खेलबाट विजेता […]
January 1, 2025
हिमाल खरेल,बिर्तामोड नेपाली खेल पोशाक सामग्री उत्पादक ब्रान्ड केटिएम सिटी ले झापाको बिर्तामोडमा आउटलेट सञ्चालनमा ल्याएको छ । शेर्पा आउटडोरको केटिएम सिटीले शनिश्चरे रोडमा रहेको केटिएम सिटीको भुइँ तल्लामा सोरुम सञ्चालनमा ल्याएको हो । आज एक कार्यक्रमका बीच बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य ओमकृष्ण बिमली, झापा जिल्ला […]