default_image

4 years ago

February 20, 2021

गल्फका सुवास र कुस्तीकी संगिता उदयीमान खेलाडी

62 views

0 Bookmark

मध्यपुर (हाम्रो खेलकुद)– गल्फका सुवास तामाङ र कुस्तीकी संगिता धामी एनएनआइपिए स्पोर्टस अवार्डअन्तर्गत उदयीमान खेलाडी घोषित भएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी (एनएनआइपिए) ले शनिबार मध्यपुर थिमीमा १५ औं स्पोर्टस अवार्ड आयोजना गर्दै सुवास र संगितालाई उदयीमान खेलाडी चुनेको छ ।

गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश खेलका २६ खेलाडीलाई सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडीबाट सम्मानित गरेको हो । उत्कृष्ट खेलाडीको सुची यसअघि नै एनएनआइपिएले सार्वजनिक गरिसकेको थियो । तीनै उत्कृष्ट मध्येबाट उदीयमान खेलाडी छनोट गरिएको एनएनआइपिएले जनाएको छ ।

सुवासले १३ औं सागमा २ वटा स्वर्ण जितेका थिए । त्यस्तै, आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका सुवासले राहुल विक र निश्चयजंग राजमाझीसँग टिम इभेन्ट्समा रजत पदक जितेका थिए । उनी फाल्डो सिरिज छनोट २०७६ मा च्याम्पियन पनि हुन् ।

संगिताले १३ औं सागमा कुस्तीमा स्वर्ण पदक जितेकी थिइन् । ३७ वर्षे साग इतिहासमा कुस्तीमा नेपाललाई स्वर्ण पदक दिलाउने संगिता पहिलो खेलाडी हुन् ।

पुसमा पल्सर स्पोर्टस अवार्डमा सुवासले वर्षका उत्कृष्ट युवा खेलाडी अवार्ड जितेका थिए । पहिलो पटक समावेश उदीयमान खेलाडी सुवास र संगिताले स्काई फिटबाट प्रायोजित समान ५० हजार रुपैयाँ प्राप्त गरे ।

एनएनआइपिएका मानार्थ अध्यक्ष दीपक विष्टको संयोजकत्वमा रहेको छनोट समितिले प्रतिभावान खेलाडीको छनोट गरेको थियो ।

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.