4 years ago
February 19, 2021
विराटनगर (हाम्रो खेलकुद) – आयोजक मोरङको झरना युवा क्लबले प्रथम प्रदेश स्तरिय नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सुनसरीको धरान फुटबल एकेडेमीलाई सडन डेथमा हराउँदै झरना प्रदेश स्तरिय च्याम्पियन बनेको हो ।
सुन्दर हरैचामा सञ्चालित प्रतियोगिताको फाइनलमा निर्धारित समय १–१ बराबरीमा टुंगिएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । जसमा झरना ५–४ ले विजयी भएको थियो ।
खेलमा लिएको अग्रता जोगाउन नसक्दा धरान उपाधि विमुख हुनुपरेको थियो । ६७ औं मिनेटमा तपन कार्कीको गोलमा धरानले अग्रता लिएको थियो । तर, ७४ औं मिनेटमा विजय भुजेलले झरनाका लागि बराबरी गोल फर्काएका थिए ।
टाइब्रेकरमा झनाका लागि निरज बस्नेत, साइमन्ड लिम्बु, निशान लिम्बु र मनोज राईले गोल गरे । निशान सुब्बाको प्रहारलाई विपक्षी गोलकिपरले रोकेका थिए भने दोर्जे तामाङको प्रहार बाहिरिउको थियो ।
धरानका लागि विवके राई, विनोद राई, विष्णु सुनुवार र फोफोना फोडेले गोल गरे । फोफोना इब्राहिम, साहिद र मन्दिप चाम्लिङको प्रहार सपल हुन सकेन । झरनाले उपाधिसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले विजेता, उपविजेता टोलीलाई पुरस्कृत गरे ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]