4 years ago
February 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एनएनआइपिए स्पोर्टस अवार्डको सबै तयारी पूरा भएको आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । मध्यपुर ठिमी नगरपालिका स्थानिय आयोजक रहेको अवार्डको १५ औं संस्करण शनिबार आयोजना हुँदैछ । अवार्ड कार्यक्रम ठिमीको दुई पोखरीमा हुँदैछ ।
मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले अवार्डका लागि आवश्यक सबै तयारी पूरा भएको उल्लेख गर्दै अवार्डको सफलताको लागि स्थानियहरुको सहभागिता रहनेरहन बताए । उनले भने,’दुई पोखरीमा रहेका दुई पोखरीमध्ये एउटा निर्माणाधिन अबस्थामा छ। अर्को निर्माण पूरा भएको पोखरीमाथि स्टेज तयार गरिएको र त्यसमा अवार्ड कार्यक्रम गरिनेछ।’
अवार्डमा यसपटकदेखि राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको छ । उक्त विधालाई स्काईफिट नेपालले प्रायोजना गरेको छ । एक महिला र एक पुरुषलाई राइजिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ । त्यसको पुरस्कार राशी समान ५० हजार रुपैयाँ रहने एनएनआइपिएले यसअघि नै जानकारी दिइसकेको छ ।
एनएनआइपिएको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीका लागि समान १ लाख रुपैयाँको पुरस्कार ग्लोबल आईएमई बैंकले प्रायोजन गर्दै आएको छ । त्यस्तै प्रतिभावान महिला र पुरुष खेलाडीका लागि समान ५० हजार रुपैयाँ युएसए एभरेष्ट तेक्वान्दोले प्रायोजन गर्दै आएको छ ।
अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपिए बर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिदै आएको छ । ती उत्कृष्ट खेलाडीले सम्बन्धित संघ र एनएनआइपिएको सहकार्यमा समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यसपटकको अवार्डमा गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश भएका खेलाडी समेटिएको छ । सागमा समावेश २६ खेलका भविष्यमा उत्कृष्ट प्रदर्शन गर्ने सम्भावना देखिएका एक महिला र एक पुरुषलाई राइजिङ प्लेयर अफ दि इयर अवार्ड प्रदान गरिनेछ । सर्वोत्कृष्ट, प्रतिभावान र राइजिङ प्लेयर तीनै २६ खेलका खेलाडी मध्येबाट हुने बताइउको छ ।
सोही अवार्ड समारोहमा १ जनालाई खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र १ जना खेलकुद पत्रकार वा खेलकुद फोटो पत्रकार लाई एनएनआइपिए खेल पत्रकारिताबाट पुरस्कृत प्रदान गरिनेछ । संघको सिफारिसमा उत्कृष्ट घोषित हुने खेलाडीबाहेक अन्य विधाको विजेताका लागि एनएनआईपिएका मानार्थ अध्यक्ष दीपक विष्टको संयोजकत्वमा छनोट समितिले चयन गर्नेछ । समितिमा नेपाल खेलकुद पत्रकार मञ्चका प्रतिनिधि सदस्यका रुपमा रहेका छन् ।
अवार्डमा केल्मी नेपाल, प्लाजा होटल ग्रुप, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, गजराज जोशी ट्रष्ट, ग्लोबल आइएमइ बैंक, श्रीनाथ कलेक्सन, राइका टुर्स एन्ड ट्राफल्स, स्काई फिट, आदर्शक समाज विकास केन्द्रको साथ रहेको एनआइपिएले जनाएको छ ।
एनएनआइपिएले यसअघि पनि स्थानिय निकाय, वडाहरुसँगको सहकार्यमा काठमाडौं र ललितपुरका विभिन्न स्थानमा अवार्डको आयोजना गर्दै आएको छ । गत वर्ष काठमाडौंको बसन्तपुरमा आयोजना भएको अवार्ड त्यसअघि टोखा, पाटन, भक्तपुरलगायतका स्थानमा भएका थिए ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]