default_image

5 years ago

February 16, 2021

सचिव थपलियाको खेलकुदबाट अर्को मन्त्रालयमा सरुवा

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सचिव रामप्रसाद थपलिया युवा तथा खेलकुद मन्त्रालय बाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका छन् ।

डेढ वर्ष खेलकुद मन्त्रालयमा बिताएका थपलियालाई युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको युवा परिषद्, नेपाल स्काउटका पदाधिकारीले मंगलबार थपलियालाई विदाई गरे ।

सचिव थपलियाले युवा तथा मन्त्रालयको बसाई आफ्ना लागि सुखद रहेको बताएका छन् । उनले खेलकुद, स्काउट र युवा परिषद्का विभिन्न नीतिगत विषयमा सलग्न रहेको स्मरण गर्दै भने, ‘राष्ट्रिय खेलकुद विकास ऐनको दफावार छलफलमा सहभागी रहे, ऐन पास गर्नमा आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्न पाउँदा खुसी छ । स्काउट र युवा परिषद्मा पनि केहि नीतिगत सुधार भएको छ ।’

कोभिड १९ कारण उत्पन्न कठीन परिस्थितिका कारण सोचे अनुरुप केहि योजना भने अधुरो रहेको सचिव थपलियाले बताए । खेलकुद ऐन पास भएपनि त्यो आफैमा पूर्ण छैन । यो बीचमा नियमावली बनाउन सकिएन, उनले भने, ऐनमा प्रदेश र जिल्ला खेलकुदको अवस्था के रहने भन्ने उल्लेख छैन । त्यसलाई प्रष्ट गर्न सकेको भए राम्रो हुन्थ्यो ।

खेलकुद मन्त्रालयमा नयाँ सचिवका रुपमा केदार न्यौपानेले जिम्मेवारी पाएको थपलियाले जानकारी दिए । न्यौपाने उपराष्ट्रपतिबाट खेलकुद मन्त्रालयमा सरुवा भएका हुन् ।

October 7, 2025

टेबल टेनिस टोली अस्ट्रेलियातर्फ

काठमाडौं (हाम्रो खेलकुद)- डब्लुटिटी युथ कन्टेन्डरमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टेबलटेनिस टोली अस्ट्रेलियाको पर्थ प्रस्थान गरेको छ । अक्टोबर ८ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा आर्यन शाही, सुरम्या शाक्य र प्राज्ना मानन्धरले प्रतिस्पर्धा गर्ने छन् । अफिसियलमा अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन र प्रशिक्षकमा राकेश महर्जन रहेका छन् । ६ […]

October 7, 2025

न्यु डायमण्डलाई बेलायतबाट आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद)- बेलायतमा बसोबास गर्ने संखुवासभाली टोलीले न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई आर्थिक सहयोग गरेको छ । माल्टा ५ खाँदवारी संखुवासभा स्थायी ठेगाना भएका र हाल बेलायतमा रहेका मणि कुमार गुरुङ ‘काका’को संयोजकत्वमा संखुवासभाली टोलीले न्यु डायमण्डलाई २ लाख ६० हजार रुपैयाँ सहयोग गरेको हो ‌। राष्ट्रिय खेल भलिबलको राष्ट्रिय तथा अन्तर्रााष्ट्रिय स्तरको महिला […]

October 5, 2025

रविन र प्रतिभा सर्वाेत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) का रविन चन्द ठकुरी र म्याग्दी काली युनाइटेडकी प्रतिभा माली छैटौं ढोरपाटन रनिङ कप पुरुष तथा महिला भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र रविनले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका प्रतिभा र रविनले समान १ सय अस्ट्रेलियन […]

Success

Thank you for your time.