4 years ago
February 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सरकारको योजना अन्तर्गत छाटो समयको प्रशिक्षणको लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) ले पहिलो पटक कोर्षको आयोजना गरेको छ ।
योगको पाठ्यक्रमलाई विद्यालयस्तर देखि शुरु गरे लगत्तै योग सम्बन्धि दक्ष जनशक्ति निर्माण तथा योग उद्यमशिलताको विकासलाई लक्षित गरी सिटिभिटीले प्रशिक्षण सुरु गरेको बताइएको छ ।
योग तथा खेलकुदको माध्यमबाट जीवनस्तर उकास्ने उद्देश्यका साथ २०६३ सालमा स्थापित खेलकुद प्रर्वद्धन संस्था नेपालले सञ्चालन गरेको तालिमको मंगलबार उद्घाटन गरिएको छ ।
कार्यक्रममा योगका विज्ञहरु नेपालमा नाथ योगमा विद्यावारधी गरेका डा. टि.पि. धमला, डा.क्षितिज बाराकोटी, डा. आनन्द गैरे, डिभाईन योगका सञ्चालक एवं योगाचार्य राजकुमार कार्की, काठमाण्डौ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अरुण बस्नेत, थापागाउँ टोल सुधार समितिका अध्यक्ष दिपक थापालगायतको उपस्थिति थियो ।
सरस्वति पूजाको दिन थापागााृउँ टोलसुधार समितिको भवनमा हुने तालिम योगका विज्ञहरुको उपस्थितिमा गर्न पाउनु महत्वपूर्ण भएको संस्थाका अध्यक्ष पुष्करराज पन्तले बताए ।
संस्थाले खेलकुद, योग, स्वस्थ जीवनशैली, स्वास्थ आहार विहारका विषयमा लामो समय देखि प्रशिक्षण दिदै आएको पन्तले जनाए ।
डा. धमलाले तालिमले सरकारी क्षेत्रमा योगको विधामा जागिरको अवसर प्राप्त गर्न तथा योगको सही ज्ञान हासिल गर्न तालिम महत्वपूर्ण हुने बताए । ३ सय ९० घन्टा आधारभूत तालिममा कार्यक्रममा १५ जना प्रशिक्षार्थी सहभागी छन् ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]