default_image

4 years ago

February 16, 2021

नेपालगन्जमा प्रधानमन्त्री कप भलिबल यसै महिना हुने

99 views

0 Bookmark

नेपालगञ्ज (हाम्रो खेलकुद) – बाँके जिल्ला भलिबल संघको आयोजनामा सातौ प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ ।


जिल्ला भलिबल संघले मंगलबार पत्रकार सम्मेलनमार्फत महिला भलिबल प्रतियोगिता फागुन २१ गतेदेखि २५ गते सम्म नेपालगञ्ज रंगशालाको कभर्ड हलमा आयोजना हुने जानकारी दिएको हो ।

मुल आयोजक समितिकी संयोजक एवंम लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमुनाले यस पटकको प्रतियोगितालाई विगतको भन्दा भव्य रुपमा आयोजना गर्ने तयारी भइरहेको बताइन् । उनले यसपटक पुरस्कार राशीमा पनि बृद्धि गरिने जानकारी दिइन् । छैटौं संस्करणको विजेताले २ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

प्रधानमन्त्री कप आमन्त्रण भलिबल प्रतियोगितालाई नेपालगञ्जको चिनारीको रुपमा विकास गर्ने प्रयास स्वरुप आयोजना हुँदै आएको केसीले बताइन् । जिल्ला संघका अध्यक्ष टीएस ठकुरीले दक्षिण एसियाकै नम्बर एक क्लव च्याम्पियनसिपका रुपमा प्रधानमन्त्री कपलाई स्थापित गराउने लक्ष्य रहेको बताए ।

बाँकेका आठ वटै पालिकाका उपप्रमुखहरुको एक्यबद्धता रहेको प्रतियोगिताको सहसंयोजक नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई चयन गरिएको छ ।

पत्रकार सम्मेलनमा कोहलपुर नगरपालिकाका उपमेयर सन्जु चौधरी, खजुराका उपप्रमुख एकमाया विक, जानकीका भूमिसरा धिताल, राप्तीसोनारीका धनीसरा खत्री, बैजनाथका शारदा रेग्मी विकको उपस्थिति थियो ।

प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लव, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे इण्डिया, पाँचौमा एपीएफ र छैठौमा पुलिस विजेता भएका थिए । विगतमा जसरी यसपाली पनि भारत र बंगलादेशका क्लवलाई प्रतियोगितामा सहभागी गराउने तयारी भइरहेको जिल्ला संघले जनाएको छ ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

March 1, 2025

केभिआर स्टेज रेस च्यालेन्ज – लोकेन्द्र र सोनिमा विजेता

काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

Success

Thank you for your time.