default_image

4 years ago

February 14, 2021

९ पूर्वाधार निर्माणका लागि सम्झौता

69 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका विभिन्न जिल्लामा नौं वटा खेलकुदका पूर्वाधार निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्थानिय उपभोक्ता समितिसँग झन्डै २ करोडको आइतबार सम्झौता गरेको छ ।

गण्डकी प्रदेश स्तरिय खेलकुद अभिमुखीकरण कार्यक्रमको क्रममा पोखरामा राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सम्बन्धित उपभोक्ता समितिबीच सम्झौता भएको हो ।

पोखराको जेष्ठ नागरिक बहुद्देश्य कभर्डहल निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ । ५५ लाख ६३ हजार ८६ रुपयाँ ९० पैसा लाग्ने लागत इष्टिमेट रहेकोमा बाँकी रकम समितिले ब्यहोनुपर्ने सम्झौतामा उल्लेख रहेको राखेपले जनाएको छ ।

त्यस्तै लमजुङको राईनस नगरपालिका ६ स्थित गौलीटार रंगशाला निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ । ५५ लाख ९२ हजार १ सय ६१ रुपयाँ पैसा ५१ लाग्ने लागत इष्टिमेट रहेकोमा बाँकी रकम समितिले ब्यहोनुपर्ने बताइएको छ ।

त्यस्तै राखेपले लमजुङ कभर्ड हल निर्माणका लागि १० लाख,म्याग्दीको बेनी रंगशाला निर्माणका लागि १० लाख,पर्वतको कुश्मा कभर्डहल निर्माणका लागि १० लाख,तनहुँको चिन्टुटार रंगशाला निर्माणका लागि १० लाख,म्याग्दीको बेनी नगरपालिका स्थित रत्नेचौर बहुद्देश्य खेलमैदानका लागि १० लाख,बाग्लुङमा मदन भण्डारी कभर्डह निर्माणका लागि १० लाख, र गोरखा रंगशाला स्तरउन्नतीका लागि १० लाख उपलब्ध गराउने भएको छ ।

सम्झौता अनुसार सम्बन्धित उपभोक्ता समितिले २०७८ बैशाख मसान्त भित्र निर्माण सम्पन्न गर्नुपर्ने राखेपले जनाएको छ । कार्यक्रममा राखेप सदस्यद्धय राजेश गुरुङ,रेनुका श्रेष्ठ,बिभागिय प्रमुखद्धय कुलवहादुर थापा,अर्जुन विकलगायतको उपस्थिति थियो ।

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.