4 years ago
February 14, 2021
महेन्द्रनगर (हाम्रो खेलकुद)– नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले साहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ ।
अपराजित रहँदै च्याम्पियन बनेको आर्मीले प्रतियोगिताको अन्तिम दिन स्थानिय सुदूरपश्चिम प्रदेशलाई २–० ले हराएको थियो । आर्मीका लागि दुवै गोल निलिमा पाण्डेले गरेकी थिइन् । उनले ३९ औं र ५६ औं मिनेटमा गोल गरेकी थिइन् । उक्त खेलमा आर्मीकी निलिमा पाण्डे उत्कृष्ट खेलाडी घोषित भइन् ।
त्यसअघि आइतबारको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश १लाई २–० ले हराएको थियो । गण्डकीर्ला जित दिलाउन सोनु बरालले २ गोल गरिन् । उनले २५ औं र ३६ औं मिनेटमा गोल गरिन् । सोनुनै खेलको उत्कृष्ट खेलाडी चुनिएकी थिइन् ।
५ टोलीको सहभागिता रहेको प्रतियोगितामा १२ अंकका साथ आर्मी विजेता बन्दा ९ अंकसहित सुदूरपश्चिम दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानमा रहेको प्रदेश २ ले ६ अंक जोड्यो । गण्डकी प्रदेश ३ अंक सहित चौथो स्थानमा रहँदा प्रदेश १ अंक विहिन रह्यो ।
आर्मीले उपाधिसहित ५० हजार , सुदूरपश्चिले ३० हजार र प्रदेश २ ले १५ हजार रुपैयाँ प्राप्त गरे । सुदूर पश्चिमकी लक्ष्मी बल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनिन् । सुदूरपश्चिमकै ममता भट्ट उदयमान खेलाडी, गण्डकीकी पेमा परियार उत्कृष्ट गोलकिपर घोषित भइन् । ८ गोल सहित आर्मीकी निलिमा पाण्डे सर्वाधिक गोलकर्ता बनिन् ।
सुदूरपश्चिममा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, कन्चनपुर जिल्ला हक्की संघका अध्यक्ष राज ठकुरी, बेदकोट नगरपालिकाका अशोक चन्द लगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]