4 years ago
February 13, 2021
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका राजन रोकाया १५ औ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन् । महिला हाफ म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईले जितेकी छिन् ।
शनिबार बिहान पोखरामा सम्पन्न म्याराथनमा नेपाली सेनाका खेलाडीहरूको वर्चस्व रहयो। सेनाका तीन खेलाडीले शीर्ष तीन स्थान प्राप्त गर्दा राजनले सबैभन्दा पहिले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दुरी तय गरे । उनले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डको टइमिङमा उपाधि जितेका हुन् ।
राजनलाई अन्य खेलाडीले कडा चुनौती दिन समेत सकेनन् र चार मिनेट ९२ सेकेण्डले ज्ञान प्रसाद भट्टराईलाई पछि पारे । सेनाका ज्ञान प्रसादले भने दुई घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पुरा गर्दै दोस्रो भए ।
सेनाका अर्का धावक देव राज बस्नेतले दुई घण्टा ४२ मिनेट ३३ सेकेण्डको टाइमिङमा तेस्रो स्थान प्राप्त गरे। पाँचथरका प्रताप तामसुहाङ चौथो भए ।
पोखरा रंगशालामाबाट सुरु भएको म्याराथन थोरपाटन, बिरौटा, लेकसाइड, जिरो किलोमिटर, सभागृह,न्युरोड, बाग्लुङ हाइवे, सिम्पानी,केआई सिंह पुल, फुलबारी,राम बजार हुदै पुन रङगशालामा पुगि टुङ्गिएको थियो।
उपाधि विजेता राजन रोकायाले नगद दुई लाख प्राप्त गरे। दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमश एक लाख,पचहतर हजार र २५ हजार प्राप्त गरे।
महिला हाफ म्याराथनको उपाधि नेपाल प्रहरीकी राजपुरा पछाइले जितिन। उनले निर्धारित दुरी एक घण्टा २७ मिनेट ०८ सेकेण्डमा रेस पूरा गर्दै उपाधि जितेकी थिइन् । जुम्लाकी राम माया बुढा दोस्रो भईन । उनले एक घण्टा ३० मिनेट ४४ सेकेण्डमा निर्धारित दुरी तय गरिन । एपिएफकी बिन्द्रा श्रेष्ठ तेस्रो र नेपाल प्रहरीकी रेखा बिष्ट चौथो भएकी छिन्।
बिन्द्राले एक घण्टा ३१ मिनेट १३ सेकेण्डमा र रेखाले एक घण्टा ३६ मिनेट १४ सेकेण्डमा दुरी पुरा गरे। महिला हाफ म्याराथन पहिलो पटक समावेश गरिएको हो।
हाफ म्याराथनकी विजेता राजपुराले उपाधिसँगै एक लाख प्राप्त गरिन । दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमश ः ७५ हजार, ५० हजार र १५ हजार हात पारे। भुतपुर्व खेलाडी मञ्चद्वारा आयोजित म्याराथनमा पुरूषतर्फ २ सय ९ र महिलातर्फ २९ जनाको सहभागिता रहेको थियो ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]