4 years ago
February 12, 2021
काठामाडौं (हाम्रो खेलकुद) – कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो संस्करणको सहाना प्रधान स्मृती महिला हक्की प्रतियोगिता(२०७७ अन्तर्गत तेस्रो दिन शुक्रबार नेपाल आर्मी क्लब र प्रदेश २ विजयी भएका छन् ।
पहिलो खेलमा प्रदेश २ ले गण्डकीलाई १–० गोल अन्तरले पराजित गर्यो । ४३ औं मिनेटमा प्रदेश २ की कविता लामाले गरेको गोल खेलमा खेलमा निर्णाय बन्यो । अर्को खेलमा आर्मीले प्रदेश १ लाई ११ –० गोल अन्तरले हरायो ।
आर्मीको जितमा निलिमा पाण्डेले सर्वाधिक ४ गोल गरिन् । निलिमाले ७, २०, ३३ र ४५ औं मिनेटमा गोल गरेकी थिइन् । त्यस्तै माया चौधरीले ३ गोल गरिन् । मायाले ४, १७ र ३५ औं मिनेटमा गोल गरेकी थिइन् । सरस्वती चौधरीले २, अञ्जना चन्द ठकुरी र मञ्जु विष्ट समान १ गोल गरे ।
प्रतियोगिता फागुन २ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपाल आर्मी क्लब, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश १ र प्रदेश नम्बर २ रहेका छन् । बागमती, लुम्बिनी र कर्णाली प्रदेश भने प्रतियोगितामा सहभागि छैनन् । पाँच टोली सहभागी यस प्रतियोगिता राउन्ड रोविनको आधारमा हुने छ । जसबाट अंकको आधारमा प्रथम, दोस्रो र तेस्रो निर्धारण गरिने छ ।
आर्मी ३ खेलमा सबै जित्दै ९ अंकका साथ शीर्षस्थानमा छ । सुदूरपश्चिम प्रदेश ६ अंकका साथ दोस्रो स्थानमा छ । प्रदेश २ तीन खेलमा २ मा हार र १ मा जित सहित ३ अंक जोड्दै तेस्रो स्थानमा छ । प्रदेश १ र गण्डकी प्रदेश जित बिहिन हुँदै पुछारमा छन् । शनिबार पहिलो खेलमा प्रदेश एक र प्रदेश २ भिड्ने छन् । दोस्रो खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने छ ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]