default_image

4 years ago

February 12, 2021

डायमन्डलाई हराउदै एपिएफ फाइनलमा

139 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल एपिएफ क्लब प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

फाइनल पुग्न जित निकाल्नै पर्ने खेलमा डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले फाइनलमा पुलिससँगको भेट पक्का गरेको हो । समान ५ अंक भएपनि सेटको आधारमा एपिएफ अघि बढेको हो । पुलिस ६ अंक जोडेर पहिलो स्थानमा रहदै फाइनलमा पुग्न सफल भयो ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार एपिएफले २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । खेलको शुरुवातदेखि नै अग्रता बनाएको एपिएफले अग्रता कायमै राख्न सफल भयो । दोस्रो सेटमा पनि एपिएफ २५–२१ ले नै विजयी हुन सफल भयो ।

दोस्रो सेटमा पनि एपिएफले सुरुवातदेखि नै अग्रता बनाउदा डायमन्डले पूनरागमन प्रयास गरेपनि सफल हुन सकेन । प्रतिस्पर्धात्मक तेस्रो सेटमा एपिएफ २५–२३ ले विजयी हुन सफल भयो । ११–११ को बराबरीबाट अघि बढेको एपिएफले आफ्नो अग्रता जोगाइरान्द सफल भयो ।

अब एपिएफले उपाधिका लागि शनिबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । लिग चरणमा पुलिसले एपिएफलाई ३–० को सोझो सेटमा पराजित गरेका थियो ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

March 1, 2025

केभिआर स्टेज रेस च्यालेन्ज – लोकेन्द्र र सोनिमा विजेता

काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

Success

Thank you for your time.