4 years ago
February 12, 2021
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब पोखरामा जारी प्रथम टाइगर कप आमन्त्रण भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई शुक्रबार ३–० ले पराजित गर्दै आर्मी अन्तिम दुईमा पुगेको हो ।
हारबाट च्याम्पियनसिपको सुरुवात गरेको आर्मी पछिल्ला दुई खेलमा सहज जित निकाल्दै उपाधि नजिक पुगेको हो । शनिबार हुने फाइनलमा आर्मीले गण्डकीको सामना गर्नेछ । गण्डकी त्यहि टोली हो जसले पहिलो खेलमा आर्मी माथि ३–० को जित निकालेको थियो ।
शुक्रबार नै भएको पहिलो खेलमा अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै स्थायिन टोली गण्डकी प्रदेश फाइनलमा पुगेको थियो । राउन्ड रोविनको अन्तिम खेलका रुपमा रहेको शुक्रबारको दोस्रो खेलको सुरुवातबाटै आर्मी खेलमा हावी भएको थियो ।
दोस्रो सेटमा पुलिसले बराबरीको टक्कर दिएपनि सफल भने हुन सकेन । आर्मी २५–२१, २९–२७ र २५–१४ ले विजयी भएको थियो । कोभिड १९ का कारण झन्डै एक वर्ष स्थगित भलिबलको यो पहिलो प्रतियोगिताका रुपमा रहेको छ ।
टोलीमा नयाँ खेलाडीको बाहुल्यता रहेको र अनुभवका कमीका कारण प्रदर्शन सोचे जस्तो हुन नसकेको पुलिसका कुलबहादुर थापाले बताए । उनी आफै चोटका कारण लामो समय कोर्ट बाहिर रहेका थिए । केहि साता अघिबाट मात्र पुलिसले नियमित प्रशिक्षण सुरु गरेको थियो ।
आर्मीका धनबहादुर भट्टले हारबाट सुरुवात भएपनि त्यसपछि टोलीले आपसी तालमेल र आफ्नो क्षमता अनुसार गरेकोमा टोलीका सदस्यहरुलाई बधाई दिएका छन् । उनले भने, ‘हामीले यो प्रतियोगितामा हारबाट सुरुवात गर्यौं । त्यसपछि हामीले हारको समीक्षा गर्यौं र सुधारका लागि योजना बनायौं । त्यहि अनुसार खेल्दा सफल पनि भयौं ।’
त्यसअघि घरेलु कोर्टमा बलियो एपिएफलाई खेलको सुरुवातदेखि नै दवावमा राखेको गण्डकीले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । प्रतिस्र्पात्मक दोस्रो सेटमा गण्डकीले २९–२७ को रोमाञ्चक जित निकाल्न सफल भयो ।
एक समय गण्डकी २३–१९ को सहज अवस्थामा रहँदा लगातार अंक गुमाएपछि दवावमा पारेको थियो । तर, गण्डकीले उत्कृष्ट प्रदर्शन गर्दै जित निकान्ल सफल भयो । तेस्रो सेटमा सुरुवातमा पछि परेपनि गण्डकीले उत्कृष्ट पूनरागमनसहित २५–१४ को सहज जित हात पार्दै फाइनलमा पुग्न सफल भयो ।
११–११ को अवस्थाबाट अघि बढेको गण्डकीले १३–१३ को अवस्थाबाट लगातार अंक जोड्दै खेललाई २३–१३ को अवस्थामा ल्याएको थियो । त्यसपछि एपिएफले २ अंक जोड्दा गण्डकी २५–१५ ले विजयी हुन सफल भयो ।
गण्डकीले फाइनल यात्रामा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दा पुलिससँग ३–० को सोझो सेटमा पराजित भएको थियो । गण्डकीका प्रशिक्षक रमेश केसीले भने खेलाडीलेहरुले योजना अनुरुप नै खेलेर सफलता प्राप्त गरेको बताए ।
‘ इतिहासमा पहिलो पटक आर्मीलाई हराएपछि खेलाडीहरु निकै उत्साहित छन्,’ उनले भने, ‘फाइनलमा पनि हामी यस्तै प्रदर्शनको निरन्तरताको प्रयास गर्नेछौं ।’
एपिएफका कप्तान महेन्द्र श्रेष्ठले खेलमा आपसी तालमेल मिल्न नसकेको र फिटनेसमा पनि केहि समस्या रहेको उल्लेख गर्दै भने, ‘हामीले आफ्नो क्षमता अनुसार खेल्न सकेनौं । क्षमता अनुसार खेल्दा हामी जुनै टोलीलाई पनि कडा टक्कर दिन सक्छौं । अब आउने प्रतियोगिताका लागि मिहिनत गर्नुपर्ने भएको छ ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]