default_image

4 years ago

February 10, 2021

एनएनआइपिए स्पोर्टस् अवार्डमा प्लाजा होटल ग्रुपको साथ

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले आयोजना गर्ने एनएनआइपिए स्पोर्टस अवार्डको लागि प्लाजा होटल ग्रुपले दुई वर्षको लागि प्रायोजन गर्ने भएको छ ।

एनएनआइपिएले अवार्डमा सम्मानित हुने उपत्यका बाहिरबाट आउने खेलाडीलाई आवश्यक आतिथ्यता प्रदान गर्न आगामी दुई वर्षको लागि प्लाजा होटल ग्रुपसँग बिहीबार दुई वर्षको सम्झौता गरेको हो । सम्झौता पत्रमा प्लाजा होटल ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठ र एनएनआइपिएकाएका अध्यक्ष दीपक श्रेष्ठले हस्ताध्क्षर गरेका थिए ।

यसपटक एनएनआइपिए स्पोर्टस अवार्ड फागुन ८ गते मध्यपुर ठिमी नगरपालिकामा आयोजना हुँदै छ । मध्यपुर ठिमी नगरपालिका स्थानिय आयोजकका रुपमा रहने कार्यक्रमको सम्पूर्ण व्यवस्थापन मध्यपुर ठिमी नगरपालिकाले गर्नेछ । अवार्ड दुई पोखरीमा हुनेछ ।

अवार्डमा यसपटकदेखि राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको छ । उक्त विधालाई स्काई ब्रान्ड नेपालले प्रायोजना गरेको छ । एक महिला र एक पुरुषलाई राइजिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ । त्यसको पुरस्कार राशी समान ५० हजार रुपैयाँ रहनेछ ।

एनएनआइपिएको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीका लागि समान १ लाख रुपैयाँको पुरस्कार ग्लोबल आईएमई बैंकले प्रायोजन गर्दै आएको छ । त्यस्तै प्रतिभावान महिला र पुरुष खेलाडीका लागि समान ५० हजार रुपैयाँ युएसए एभरेष्ट तेक्वान्दोले प्रायोजन गर्दै आएको छ ।

अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपिए बर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिदै आएको छ । ती उत्कृष्ट खेलाडीले सम्बन्धित संघ र एनएनआइपिएको सहकार्यमा समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसपटकको अवार्डमा गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश भएका खेलाडी समेटिएको छ । सागमा समावेश २६ खेलका भविष्यमा उत्कृष्ट प्रदर्शन गर्ने सम्भावना देखिएका एक महिला र एक पुरुषलाई राइजिङ प्लेयर अफ दि इयर अवार्ड प्रदान गरिनेछ ।

सोही अवार्ड समारोहमा १ जनालाई खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र १ जना खेलकुद पत्रकार वा खेलकुद फोटो पत्रकार लाई एनएनआइपिए खेल पत्रकारिताबाट पुरस्कृत प्रदान गरिनेछ । संघको सिफारिसमा उत्कृष्ट घोषित हुने खेलाडीबाहेक अन्य विधाको विजेताका लागि एनएनआईपिएका मानार्थ अध्यक्ष दीपक विष्टको संयोजकत्वमा छनोट समितिले चयन गर्नेछ । समितिमा नेपाल खेलकुद पत्रकार मञ्चका प्रतिनिधि सदस्यका रुपमा रहेका छन् ।

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.