4 years ago
February 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिमानी म्यारथान धावक वैकुण्ठ मानन्धरलाई पत्नी शोक परेको छ । मानन्धर पत्नी शुभन्द्रा मानन्धरको को ६८ वर्षको उमेरमा बुधबार स्टार अस्पतालमा राती ९ः०० बजे निधन भएको परिवार सदस्यले जानकारी दिए ।
महिना दिन अघिबाटै निमोयिनाबाट पीडित मानन्धरलाई झन्डै २ साताअघि अस्पताल भर्ना गरिएको थियो । उनको बिहीबार टेकु दोभानमा अन्तिम संस्कार गरिएको थियो । मानन्धर दम्पतीका २ छोरा र २ छोरी छन् ।
दक्षिण एसियाली खेलकुद (साग) का तीन पटकका स्वर्ण पदक विजेता वैकुण्ठ मानन्धरले म्याराथनमा राखेको २ घन्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अझै कुनै खेलाडी तोड्न सकेको छैन ।
सन् १९८७ मा भारतको कोलकातामा भएको सागमा उनले त्यो कीर्तिमान राखेका थिए । मानन्धरले ४ पटक ओलम्पिकमा देशको प्रतिनिधित्व गरेका थिए ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]