4 years ago
February 3, 2021
विजय नेपाली, पोखरा
नेपाल लोकतान्त्रिक खेलकुद संघ लामो समय देखि निस्क्रिय रहँदै आएको थियो । खेलकुद संघ भनिएपनि न त कुनै खेल गतिविधि नै गथ्र्यो न त कार्यक्रम । नेपाली कांग्रेस निकट रहेको खेलकुद संघले भने अब खेलाडीलाई बस्ने फुर्सद समेत नदिइ खेल गतिविधि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
निस्क्रिय खेल संघलाई अब सक्रिय बनाउने गरी कार्ययोजना अघि बढाइएको बताइएको छ । तर संघको केन्द्रिय समितिको पूनगर्ठनमा पुरानै अनुहारले मौका पाएका छन् । यस अघि समेत अध्यक्ष रहका देवेन्द्रकुमार शेरचनकै अध्यक्षताकै कार्यसमिति पूर्नगठन गरिएको हो । संघले बुधबार पोखराबाट ७ वटै प्रदेश संयोजक तोकेको छ ।
गण्डकी प्रदेशका संयोजकमा तेक्वान्दोका हरिश्वर पोखरेल, प्रदेश १ मा फुटबलका बसन्तराज अर्याल, प्रदेश २ मा बैजनाथ यादव, बाग्मती प्रदेशमा बक्सिङका दिपक गुरुङ, लुम्बिनी प्रदेशमा नरेन्द्र थापा, कर्णालीमा हरिबहादुर विष्ट र सुदुपश्चिममा श्याम विष्टलाई मनोनित गरिएको छ ।
कार्यक्रममा बोल्दै कांग्रेसका खेलकुद विभागका प्रमुख तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निस्क्रिय रहेको संघ अब जाग्ने बताएका छन् । ‘केही प्राविधिक कारणले निस्क्रिय रहेको संघ अब जाग्छ ।’
संघले प्रदेश र जिल्ला तहमा कार्यक्रम अगाडि बढाउने उनले जानकारी दिए । कम्युनिष्ट सरकारले खेल क्षेत्रमा भ्रष्टचार गरेको कारण आफुहरु जागेको बस्नेतले बताए । ‘खेलकुदमा भ्रष्टचार धेरै भयो । कुनै पनि सहयोग दिन सरकारको अनुमती लिनुपर्छ । यो सरकारले स्वीकृति विना सहयोग लिन पाउने नियम बनाएको छ यसो गर्न पाइन्छ ? बस्नेतले भने, ‘द्रुत गतिमा खेल गतिविधी अगाडि बढाउँदै युवालाई आराम गर्ने फुर्सद समेत दिदैनौं ।’
युवाहरुलाई कांग्रेसले समेट्न नसकेको आरोपलाई चिर्न संघले युवालाई खेलको क्षेत्रबाट समेट्न लागेको उनको भनाई थियो । बस्नेतले वडा वडामा प्रशिक्षक राखि प्रशिक्षकलाई रोजगार दिने आफूहरुको योजना रहेको स्पष्ट पारे ।
बस्नेतले संघका केन्द्रिय अध्यक्ष देवेन्द्रकुमार शेरचनले प्रस्ताव गरेको नाममा समर्थन गरेपछि कार्यसमितिलाई बिस्तार गरिएको थियो । संघको केन्द्रिय कार्य समितिको उपाध्यक्षमा विजेन्द्र हमाल(नेपालगञ्ज), महासचिव सुवोध प्रधान(चितवन), सचिव विरबहादुर खड्का (सिन्धुपाल्चोक), बखतबहादुर शाही (हुम्ला), मनिष जोशी (काठमण्डौं) र कोषाध्यक्ष दशरथ रिमाललाई मनोनित गरको छ ।
सदस्यहरुमा दानबहादुर पाल (डडेलधुरा), सूर्यबहादुर खड्का (सिन्धुपाल्चोक), हरिबहादुर विष्ट (सुर्खेत), तिलकराम पौडेल (स्याङ्जा), जगत तामाङ (बर्दिया), बीरबहादुर खड्का (सिन्धुपाल्चोक), रवि महर्जन (ललितपुर), पञ्चबहादुर तामाङ ‘विजय’ (काठमाडौं), बच्चन कार्की, पंकज पाण्डे (बारा), जयगोपाल श्रेष्ठ (नवलपरासी), छिरिङ फन्जु लोप्न (रसुवा) छन् ।
त्यस्तै अमर पुन (रुपन्देही), मिनबहादुर घले (नवलपुर), राजीव बस्नेत (काठमाडौं), मनराम शाही (कालिकोट), राजेश गुरुङ (कास्की), देव कोइराला (सिन्धुपाल्चोक), विश्व गुरुङ (स्याङ्जा), श्याम विष्ट (कैलाली), राजेशमान श्रेष्ठ (सुनसरी), शेरजंग गुरुङ (तनहुँ), थमन गुरुङ (संखुवासभा), नेपाल कार्की (रौतहट), सरोज सिं (बझाङ), धरम लामिछाने (कास्की) र डम्बर लिम्बु (ताप्लेजुङ) सदस्य मनोनित भएका छन् ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]