default_image

4 years ago

February 3, 2021

पोखरा म्याराथनको तयारी तीब्र

64 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – यसै साता हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तीब्र रुपमा अघि बढिरहेको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपाल जनाएको छ ।

काठमाडौंस्थित नेपाल पयर्टन बोर्डमामा बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै मञ्चले शनिबार हुने १५ औं सस्ंकरणको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । नेपाल पर्यटन वोर्डले प्रवर्द्धन गर्ने पोखरा म्याराथनमा पहिलो पटक महिला हाफ म्याराथन पनि समावेश गरिएको मञ्चले यसअघि नै जानकारी दिइसकेको छ ।

मञ्चका अध्यक्ष तेज गुरुङले पोखरालाई खेलकुद शहरको रुपमा विश्वमा परिचय गराउन पोखरा म्याराथनले भूमिका खेलेको बताउँदै कोभिड–१९ यो कठिन समयमा समेत यसलाई निरन्तरता दिन लागिएको बताए ।

‘म्याराथन केवल प्रतियोगिताका लागि मात्रै आयोजना भएको नभई पोखरालाई ‘सिटी म्याराथन’को अवधारणा अनुरुप विश्वमा परिचय गराउन यसको भुमिका रहेको छ ’ अध्यक्ष गुरुङले भने ।

कोभिड–१९ का कारण पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किमी महिला र पुरुष, ५ किलोमिटर छात्ररछात्रा तथा दृष्टि विहिनहरुको दौड र अपाङ्गहरुको ह्विल चियर दौडभने फरक–फरक मितिमा आयोजना हुने मञ्चका अध्यक्ष गुरुङले जानकारी दिए ।

पोखरा म्यारथन अन्तर्गत हुने दृष्टि विहिनहरुको दौड तथा अपांगहरुको ह्विल चियर दौड फागुन २२ गते, १० किमी महिला र पुरुष दौड चैत १४ गते र ५ किलोमिटर छात्र–छात्रा दौड २०७८ वैशाख ४ गते आयोजना गर्न बताइएको छ ।

म्याराथन (४२.१९५ किमी ) को विजेताले २ लाख, दोस्रो हुनेले १ लाख, तेस्रोले ७५ हजार र चौथो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै महिला हाफ म्याराथनतर्फको विजेताले १ लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० र चौथो हुनेले १५ हजार प्राप्त गर्ने बताइएको छ ।

ह्विल चियर महिला÷पुरुष तथा दृष्टिविहिन महिला र पुरुष दुवैतर्फका विजेताले ७,दोस्रोले ५ र तेस्रो हुनेले ३ हजार रुपैयाँ पाउनेछन् । १० किलोमिटर महिला र पुरुष दुवैतर्फका विजेताले १५, दोस्रोले १० र तेस्रोले ५ हजार तथा ५ किलोमिटर छात्र-छात्राको दौडका दुवैतर्फका विजेताले १०, दोस्रोले ७ र तेस्रो हुने खेलाडीले ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सफल दुधको मुख्य प्रायोजनमा हुने पोखरा म्याराथनमा झन्डै ५१ लाख रुपैयाँ खर्च हुने बताइएको छ । पोखरा म्याराथनलाई राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च युके, गैर आवासिय नेपाली संघ युके, गैर आवासिय नेपाली संघ हङकङ लगाएत अन्य उद्योग तथा व्यवसायीले सहयोग गरेको जनाएको छ ।

पोखरा म्याराथन पोखरा रंगशालाबाट सुरु भइ पोखरा महानगरका १७ वटा वडाहरुका सडक मार्ग हुँदै पुनः पोखरा रंगशालामा पुगेर सम्पन्न हुने बताइएको छ ।

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.