4 years ago
February 2, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीले चीनमा आयोजना हुने २१ औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा भाग लिने पक्का भएको छ ।
च्याम्पियनसिप जियाङमेनमा २०७८ भदौ १३ देखि २० गते सम्म हुने नेपाल भलिबल संघ (एनभिए) ले जनाएको छ । यदि कोभिड १९ का कारण च्याम्पिनसिप रोक्नु पर्ने भएको अवस्थामा भने दुई महिना अघि आयोजकले सुचना जारी गर्ने पनि संघले उल्लेख गरेको छ ।
गत वर्ष दुई ठूला सफलता हासिल गरेको नेपाली महिला भलिबल टोलीले चीनमा आयोजना हुने एभिसी एसियन महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुन प्रक्रिया अघि बढाउने भएको थियो । नेपालले पहिलोपटक एसियन च्याम्पियनसिपमा भाग लिन लागेको हो ।
एनभिएको पुस २ गते बसेको कार्यसमिति बैठकले महिला टोलीलाई पठाउने निर्णय गरेको थियोे । ‘पछिल्लो वर्ष हामीले महिला भलिबलमा राम्रो प्रदर्शन गरेका छौं’, अध्यक्ष मनोरञ्जन शर्माले भनेका थिए,‘ अब दक्षिण एसियाली भन्दा माथिल्लो स्तरमा पनि सहभागी गराउनु पर्दछ भन्ने उद्देश्यका साथ महिला टोलीलाई एसियन च्याम्पियनसिपमा पठाउने निर्णय गरेका हौं ।
१६ टोलीको सहभागिता रहने च्याम्पियनसिपका लागि आयोजकसहित १० टोलीको छनोट भइसकेको छ । पछिल्लो एसियन च्याम्पियनसिपको शीर्ष १० मा पर्ने टोली सिधै छनोट हुनेछन् । चीन उक्त प्रतियोगितामा चौथो भएको थियो । आयोजकले स्वत च्याम्पियनसिप खेल्न पाउने भएकाले त्यसको ठाँउमा हङकङलाई समावेश गरिएको जनाइएको छ ।
साविक विजेता जापान, उपविजेता थाइल्यान्ड, दक्षिण कोरिया, काजकस्तान, चाइनिज ताइपे, इरान, इन्डोनेसिया, भारत र अष्ट्रेलिया शीर्ष १० मा रहेको थिए । बाँकी ५ टोली बाट क्षेत्रिय छनोटबाट च्याम्पियनसिपमा पुग्नेछन् ।
नेपाल रहेको सेन्ट्रल जोनबाट इरान, काजकिस्तान, भारत सिधै छनोट भइसकेका छन् । अब बाँकी रहेका ११ टोलीमध्ये एक टोली सेन्ट्रेल जोनबाट च्याम्पियनसिपका लागि छनोट हुनेछन् । एनभिएका महासचिव जितेन्द्रबहादुर चन्दका अनुसार नेपालसहित श्रीलंका र उज्वेकिस्तान पनि एसियन च्याम्पियनसिपका लागि सिधै छनोट भएका छन् ।
पछिल्लो पटक सहभागिता जनाएको श्रीलंका नेपालमाथि वरियतामा माथि छ । त्यसैले छनोट प्रतियोगिता हुने सम्भावना बढी छ । एसियामा सेन्ट्रल जोनसहित इस्ट जोन, वेस्ट जोन, साउथ इस्ट जोन र ओसियाना जोन रहेको छ ।
नेपालले गत वर्ष एभिसी सेन्ट्रल जोनको उपाधि जितेको थियो । त्यो प्रतियोगितामा भारत, श्रीलंका, इरान र काजकिस्तान सहभागी थिएनन् । नेपालले गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो । सागमा सेमिफाइनलमा श्रीलंकालाई हराएको नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]