4 years ago
February 1, 2021
पोखरा (हाम्रो खेलकुद) – पोखरामा अर्को साता सुरु हुने प्रथम टाइगर कप आमन्त्रण राष्ट्रिय भलिबल च्याम्पियनसिपका लागि गण्डकी प्रदेशले आफ्नो टोलीको घोषणा गरेको छ ।
आयोजक टाइगर ग्रुप अफ पोखरा, नेपालले ३ वैकल्पिक सहित १५ सदस्यीय टोलीको घोषणा गरेको हो । प्रतियोगिताका संयोजक नविन गुरुङका अनुसार हरि पाण्डेको कप्तानीमा प्रदेश टोली घोषणा गरिएको छ ।
टोलीको ओपन स्पाइकरतर्फ घनश्याम चौधरी (नवलपुर), किरण गुराउ (नवलपुर), इश्वर थापा (स्याङजा) र सञ्जय परियार (पर्वत) छन् । क्विक स्पाइकरतर्फ राजु विक (वागलुङ), याम क्षेत्री (कास्की) र रुपेन्द्र गैरे (पर्वत) छन् ।
त्यस्तै अलराउण्डरतर्फ हरि पाण्डे (स्याङजा) र सन्तोष थापा (स्याङजा) तत्थ सेटरतर्फ सूजन चोखाल (म्याग्दी) तथा ठग वहादुर गुरुङ (स्याङजा) छन् । लिव्रोतर्फ राजन दर्लामी मगर (स्याङजा) छन् । वैकल्पिकमा सफल बिक (कास्की), विवश थापा (कास्की) र मनोज खड्का (कास्की) छन् । प्रशिक्षकमा रमेश केसी छन् ।
राउन्ड रोविनका आधारमा हुने च्याम्पियनसिपमा महिला र पुरुषतर्फ समान ४ टोलीको सहभागिता रहने आयोजकले यसअघि नै बताइसकेका छन् । तीन विभागिय टोली नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब दुवैतर्फ सहभागी छन् । महिलातर्फ होगान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब र पुरुषमा गण्डकी चौथो टोलीका रुपमा रहेका छन् ।
च्याम्पियनसिपको दुवै तर्फको विजेताले समान १ लाख ५० हजार, दोस्रो टोलीले ७५ हजार र तेस्रो टोलीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । दुवै तर्फका सर्वोत्कृष्ट खेलाडीले समान २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दुवैतर्फ उत्कृष्ट सर्भर, सेटर, ब्लकर, डिफेण्डर तथा स्पाइकरले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
झन्डै २५ लाख रुपैयाँ खर्च हुने प्रतियोगितबाट ३० लाख रुपैयाँ वचतको अनुमान गरिएको टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले बताए । प्रतियोगिताबाट बचेको रकम सामाजिक, खेल क्षेत्र र खेलाडीको सहयोगका लागि खर्च गरिने उनले बताए ।
प्रतियोगितामा पहिलो चरणको खेलका लागि टिकट दर १ सय, तेस्रो स्थानको खेलका लागि १ सय ५० र फाइनल खेलका लागि २ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । हाम्रो खेलकुद डटकमले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]