4 years ago
January 29, 2021
हिमाल खरेल, बिर्तामोड
रविन सुब्बा र सुनिता किस्कूले बिर्तामोड मिनी म्याराथनको उपाधि जितेका छन् । रविनले ७ किलोमिटर दूरी २६ मिनेट ०७ सेकेन्ड पूरा गर्दै पहिलो स्थान हासिल गरे । सुनिता ५ किलोमिटर दूरी २३ मिनेट ३० सेकेन्डमा दौड पूरा गर्दै विजयी भइन् ।
बिर्तामोड नगरपालिकाअन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको पुरुषतर्फ अनिश बस्नेतले २७ मिनेट २४ सेकेन्डका साथ दोस्रो, विधान राईले २७ मिनेट ४५ सेकेन्डका साथ तेस्रो, दावा तामाङले २८ मिनेटका साथ चौथो र मनिष श्रेष्ठले २८ मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै पाँचौं भए ।
त्यस्तै, महिलातर्फ दोस्रो भएकी ईश्वरी लिम्बूले २३ मिनेट ३५ सेकेन्ड, तेस्रो भएकी भावना राईले २५ मिनेट ३० सेकेन्ड, चौथो भएकी माया तामाङले २६ मिनेट ३१ सेकेन्ड र पाँचौँ भएकी आइसा राईले २७ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरिन् ।
दुवैतर्फका विजेताले ९, दोस्रो हुनेले ७, तेस्रो हुनेले ५, चौथो हुनेले ३ र पाँचौं हुनेले १ हजार रुपैयाँ प्राप्त गरे । पुरुषतर्फ ५५ जना र महिलातर्फ १६ जनाले प्रतिस्पर्धा गरेका थिए ।
प्रदेश १ का सांसद एकराज कार्कीले सिठी फुकेर मिनी म्याराथनको उद्घाटन गरेका थिए । समितिका अध्यक्ष टिकाप्रसाद संग्रौलाको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा सांसद कार्कीले स्वस्थ्यका लागि मात्र नभई राष्ट्र लागि पनि खेलकुद जरुरी भएको बताए ।
त्यस्तै, नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले गत वर्षबाट सुरु भएको मिनी म्याराथन आगामी वर्षमा अझ स्तरीय र व्यवस्थित बनाइने बताए । झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले च्याम्पियन बन्न त्यति सहज नभएको र खेलाडीले जित्नकै लागि खेल्नुपर्ने बताए ।
विजेतालाई प्रदेशसभा सदस्य कार्की, नगरप्रमुख शिवाकोटी, झापा ११ एफसीका अध्यक्ष गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, जिल्ला ट्राफिक प्रमुख प्रकाश जवेगू, वडा नम्बर ३ का वडा अध्यक्ष भोजराज सिटौला, वडा नम्बर १० का वडा अध्यक्ष दूर्योधन गुरुङलगायतले पुरस्कार वितरण गरे ।
समितिका उपाध्यक्ष दुर्गाराज निरौला र केशव भण्डारीले सहजीकरण गरेको कार्यक्रममा सञ्चारकर्मी सरोज पौडेलले स्वागत गरेका थिए । सहिद दिवसको अवसर पारेर समितिले दोस्रो मिनी म्याराथन आयोजना गरेको हो ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]