4 years ago
January 28, 2021
धनगढी (हाम्रो खेलकुद)- धनगढीमा चैतमा आयोजना हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको सारथी अस्पतालले साथ दिएको छ । आयोजक नेपाल खेलकद पत्रकार मञ्च कैलाली समन्वय शाखा र सारथी अस्पतालबीच बिहीबार अवार्डको एउटा विधाका लागि प्रायोजन सम्झौता भएको छ ।
९ वटा विधा मध्येको लाईफटाईम अचिभमेन्ट अवार्डलाई सारथीले प्रायोजन गरेको हो । त्यसको नाम सारथी अस्पताल लाईफटाईम अचिभमेन्ट अवार्ड भएको छ । खेलकुद क्षेत्रमा जीवन समर्पण गरेका र सुदूरपश्चिमको खेलकुद विकासमा अतुलनीय योगदान पुराएका खेलकुद क्षेत्रका व्यक्तित्वलाई यो अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ । उक्त अवार्डबाट सम्मानित हुनेले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछन् । पहिलो संस्करणमा पनि सारथी अस्पतालले प्रायोजन गरेको थियो ।
प्रायोजन सम्झौता पत्रमा सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशी र मञ्च कैलालीका उपाध्यक्ष श्रवण देउवाले हस्ताक्षर गरे । अवार्डमा अघिल्लो बर्षदेखि जोडिएकोमा यसपाली विधा प्रायोजन गरेर सहकार्य गर्दै खेलकुद क्षेत्रलाई पनि साथ दिएको सारथी अस्पतालका अध्यक्ष जोशीले बताए ।
लाईफ टाईम अचिभमेन्ट अवार्डका विजेतालाई अस्पतालमा उपलब्ध रहेको स्वास्थ्य उपचारको निशुल्क गर्ने उनले घोषणा गरे ।
चैत ६ गते धनगढीमा हुने सुदूरपश्चिम स्पोर्टस अवार्ड विभिन्न ९ विधामा दिइने बताइएको छ । बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।
त्यसैगरी पिपुल च्वाईस, सुदूरपश्चिम आईकन महिला र पुरुष विधामा पनि अवार्ड वितरण गरिनेछ । ७ वटा विधामा समान ३ जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रमकै दिन गरिने बताइएको छ ।
अवार्ड अन्तर्गतको बर्ष युवा खेलाडीलाई निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, सुदूरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल, सुदूरपश्चिम आईकन महिला विधालाई तिवारी मेडिसिन डिष्ट्रिव्युटर्सले प्रायोजन गरेका छन् । सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दोस्रो संस्करणमा धनगढी उप महानगरपालिका प्रबद्र्धकको रुपमा रहेको छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेताले ३० हजार रुपैयाँ, युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डले विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेताले समान २० हजार रुपैयाँ पाउनेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]