default_image

4 years ago

January 23, 2021

क्रस दुवाथलन सिरिज – अच्युत र करिशा विजयी

83 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अच्युत कृष्ण खरेल र करिशा महर्जन क्रस दुवाथलन सिरिजको दोश्रो संस्करणमा विजयी भएका छन् ।

नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनमा कीर्तिपुरको जाखामा भएको च्याम्पियनसिपमा २.५ किलोमिटर दौड, १० किलोमिटर साईक्लिङ्ग र १.३ किलोमिटर दौडको क्रस दुवाथलन ३७ मिनट २७ सेकेन्डमा पूरा गर्दै अच्युतले पहिलो स्थान प्राप्त गरेका हुन् । उनले जिम्बु थकालीको तर्फ २ हजार रुपैयान् बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार रुपैयाँ बराबरको फ्रि सर्भिसिङ्ग भौचर प्राप्त गरे ।

स्थानिय खेलाडीहरुलाई प्रोत्साहन गर्दैैै नव प्रतिभाहरुलाई ट्राईयाथलन खेल संग आवद्ध गर्ने र खेल समूदायको विकास गर्ने उद्देश्यले आयोजना गरिएको च्याम्पियनसिपको महिला तर्पm एक मात्र प्रतिस्पर्धी करिशाले १ घण्टा ८ मिनट ३० सेकेन्डका साथ विजय प्राप्त गरिन् । उनले काठमाण्डौ गेष्ट हाउसको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग प्राप्त गरिन् ।

यस्तै पुरुष तर्फ ४५ मिनट १२ सेकेन्डका साथ आर्यन राई दोश्रो र ४५ मिनट २१ सेकेन्डका साथ सुशिम चित्रकार तेश्रो भए । दोश्रो हुने खेलाडीले क्याफेसिनोको तर्फबाट ५ सय बराबरको भौचर र प्याङ्क बाईकको १ हजार ५ सय बराबरको साईकल मर्मत भौचर तथा तेश्रो हुने खेलाडीले प्यान बाईकको तर्फबाट १ हजार बराबरको साईकल मर्मतको भौचर प्राप्त गरे । यसका साथै प्रत्येक विजयी खेलाडीले आयोजक जम्प नेशनको तर्फबाट प्रदान गरिएको ब्याग प्राप्त गरे ।

विजयी खेलाडीलाई कीर्तिपुर नगरपालिकाका मेयर रमेश कुमार महर्जन, कीर्तिपुरका डिएसपी रुकेश तण्डुकार, वडा नं. ६ का अध्यक्ष, संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले पुरस्कृत गरे ।

सिरिजको पहिलो संस्करण काठमाण्डौको टोखामा आयोजना भएको थियो । प्रत्येक दुई हप्तामा हुने सिरिजको तेश्रो संस्करण ललितपुरको चापागाउँमा आयोजना हुने छ । त्यस्तै चौथो संस्करण टोखा, पाँचौ किर्तिपुरमा हुने बताइएको छ । तीन महिना सम्म प्रत्येक दोश्रो हप्ता आयोजना हुने सिरिजको अन्तिम प्रतियोगिता उपत्यका बाहिर आयोजना गर्ने संघको लक्ष्य छ ।

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.