4 years ago
January 17, 2021
काठमाडौं (हाम्रो खेलकुद)– शंखदेव युथा क्लबले प्रथम हुप्सेकोट भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक जुनतारा युवा क्लबलाई हराउँदै शंखदेवले उपाधि जितेको हो ।
विजेता टोलीले उपाधिसहित २० हजार दोस्रो टोलीले १० हजार रुपैयाँ प्राप्त गर्यो । पुस २५ गतेबाट सुरु भई शनिबार सम्पन्न भएको प्रतियोगितामा नवलपुरको हुप्सेकोट गाउँपालिका भित्रका १८ टोलीको सहभागिता थियो । समापनमा मगरहरुको चर्चित कौरा नाच समेत प्रस्तुत गरिएको थियो ।
आयोजक जुनतारा युवा क्लबका अध्यक्ष मीन वहादुर वारघरे को सभापतित्व रहेको समापनामा विजेता , उपविजेता टोलीका खेलाडीलाई हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे, वडा नं २ का अध्यक्ष पदम पौडेल , जुनतारा कृषक समुहका अध्यक्ष किशोर भट्टराई लगायतले पुरस्कृत गरेका थिए । करातेका पूर्व खेलाडी समेत रहेका कृषक समूहका अध्यक्ष भट्टराईले स्थानिय तहमा खेलकुद विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
जुनतारा युवा क्लबले विगतमा पुस मध्य तिर आयोजना गर्दै आएपनि यसपटक भने माघे संक्रान्तीको उपलक्ष्य पारेर सञ्चालन गरेको थियो । प्रतियोगितालाई हुप्सेकोट गाउपालिका ,लायन्स क्लब अफ काठमान्डौ कर्पोरेट, जुनतारा कृषि समूह , यल्लो फार्म हाउस देवचुली केउरानीले सहयोग गरेका थिए । समापनमा स्थानियहरुको बाल्को उपस्थिति थियो ।
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]