4 years ago
January 17, 2021
धनगढी (हाम्रो खेलकुद)– ‘एनएसजेएफ सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७७’ को दोस्रो संस्करण चैतमा आयोजना हुने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले आइतबार पत्रकार सम्मेलन गर्दै अवार्ड चैत ६ आयेजना गर्ने जानकारी दिएको छ । मञ्च कैलालीका अध्यक्ष सिताराम ओझाले अवार्डका लागि मुल आयोजक समिति र अन्य उप समितिहरु गठन गर्दै तयारी थालिएको छ ।
पहिलो संस्करणको कैलाली हस्पिटल प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्ड गत वर्ष पुस १५ गते गरिएकोमा यसपटक भने कोरोना महामारीका कारण ढिला आयोजना गर्न लागिएको बताइएको छ ।
सुदूरपश्चिम स्पोर्टस अवार्डमा २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षकलाई विभिन्न विधाहरु गरी ९ वटा विधामा अवार्ड प्रदान गरिने बताइएको छ । अवार्डमा सुदूरपश्चिम प्रदेशका खेलाडी तथा प्रशिक्षकहरुलाई मात्रै समावेश गरिने छ ।
पहिलो संस्करणमा ६ वटा विधामा अवार्ड प्रादन गरिएकोमा दोस्रो संस्करणमा तीन वटा विधाहरु थपिएको अध्यक्ष ओझाले जानकारी दिए । अघिल्लो वर्षमा जस्तै यस वर्ष उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, बर्ष युवा खेलाडी, स्पेशल अवार्ड र लाईफटाइम एचिभमेन्ट अवार्ड गत वर्षबाट सुरु गरिएको थियो । यसपटक पिपल्स च्वाईस अवार्ड तथा सुदूरपश्चिम आईकन महिला र पुरुष विधा थप गरिएको छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाईस अवार्ड गरी चार विधाका विजेतालाई ३० हजार रुपैयाँ प्रदान गरिनेछ । बर्ष युवा खेलाडी, स्पेशल अवार्ड र लाईफटाइम एचिभमेन्ट अवार्डका विजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सुदूरपश्चिम आईकन विधाका महिला र पुरुष विधाका विजेतालाई समान २० हजार सहित प्रदान गरिने बताइएको छ । अन्य विधाहरुमा विभागिय टोलीबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद क्षेत्रमा सफल भएका खेलाडी तथा प्रशिक्षकहरु समावेश गरिनेछ भने सुदूरपश्चिम आईकन महिला तथा पुरुष विधामा भने सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद क्षेत्रमा सफल भएका खेलाडीहरु मात्रै समावेश गरिनेछन् । यो दुई विधा प्रदेशका खेलाडीहरुको हौसला र प्रोत्सहान गर्नका लागि समावेश गरिएको बताइएको छ ।
अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टसबाट प्रत्यक्ष प्रसारण गरिनेछ तथा धनगढीका स्थानीय टेलिभिजनहरुका साथै विभिन्न संञ्चार माध्यमहरु र सामाजिक सञ्जालबाट पनि प्रत्यक्ष प्रसारण गरिने मञ्च कैलालीका महासचिव प्रदीप पाठकले बताए । अवार्डको काठमाण्डौंको त्रिपुरेश्वरमा रहेको वल्र्ड टे«र्ड सेन्टरको स्क्रीनमा पनि प्रत्यक्ष प्रसारण गरिने भएको छ ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]