4 years ago
January 15, 2021
काठमाडौं (हाम्रो खेलकुद)– पाँचथरका हाम्रो खेलकुद डटकमका संवाददाता दिपक बोहोरा स्व. प्रजापति जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृति भएका छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरको शुक्रबार भएको साधारण सभाका दौरान बोहोरालाई सम्मान गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले बोहोरालाई सम्मान पत्रसहित १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।
८ वर्षदेखि पत्रकारिता गर्दै आएका बोहोरा बोहोरा हाम्रो खेलकुद डटकमको स्थापनाकालबाटै पाँचथर संवाददाताका रुपमा कार्यरत छन् । पुरस्कृत भएपछि बोहोराले भने,‘ पत्रकारले पुरस्कारका लागि भनेर कर्म गर्दैन । तर व्यवसायिक संगठनले मुल्याङ्कन गर्दै दिएको पुरस्कारले व्यवसायिक खेल पत्रकारिताका अझै राम्रो गर्नका लागि थप हौसला मिलेको बताए ।’
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]