4 years ago
January 15, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नागार्जुन नगरपालिकाको सहयोगमा नागार्जुन बक्सिङ खेलकुद समितिले अर्को महिना काठमाडौंमा वीर गणेशमान सिंह स्मृति बागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
महिला र पुरुषमा गरि १४ तौल समूह च्याम्पियनसिपमा राखिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नागार्जुनका मेयर समेत रहेका प्रतियोगिता संयोजक मोहनबहादुर बस्नतेले जानकारी दिए ।
प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको स्मृतिमा आयोजना हुने प्रतियोगिताको महिलातर्फ ४८,५१,५४,५७,६० र ६४ केजी गरि ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै पुरुषतर्फ४९,५२,५६,६०,६९,७५ र ८१ गरि ८ तौल समूहमा प्रतिस्पर्धा हुने बताइएको छ ।
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरको क्लबहरुका खेलाडीले पनि भाग लिन पाउने प्रतियोगितामा बाँकी १० जिल्लाले भने जिल्लाबाट सहभागिता जनाउनुपर्ने बताइएको छ । एउटा टोलीले हरेक तौल समूहमा एक खेलाडी गरि बढीमा १४ खेलाडीले भाग लिन पाउनेछन् ।
उपत्यका तीन जिल्लाबाहेकका खेलाडीलाई आयोजकले आवास र खानाको व्यवस्था गर्ने बताइएको छ । हरेक तौल समूहको विजेताले १०, दास्रो हुने खेलाडीले ७ तथा सेमिफाइनल पुग्ने दुई खेलाडीले समान ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा झन्डै ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र त्यसमा २० लाख रुपैयाँ नागार्जुन नगरपालिकाले उपलब्ध गराउने मेयर बस्नेतले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषलाई आयोजकले मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई मेयर बस्नेतले व्यक्तिगत रुपमा स्कुटर पुरस्कार दिने घोषणा गरे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]