default_image

4 years ago

January 12, 2021

पल्सर स्पोर्टस् अवार्ड आज

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७६ को १७ औं संस्करण मंगलबार आयोजना हुँदैछ ।

कोभिड–१९ का कारण विशेष स्वास्थ्य मापदण्ड अपनाएर आयोजना गर्नुपर्ने हुनाले कार्यक्रम सेमी भर्चुअल रुपमा हुने मञ्चले जनाएको छ । सीमित व्यक्तित्वको उपस्थितिमा अवार्ड आयोजना हुदैछ । कार्यक्रममा अवार्डका विधामा मनोनयनमा पर्ने खेलाडी, खेलकर्मी, पुरस्कार प्रदान गर्ने अतिथि र आयोजक मञ्चका सदस्यको उपस्थिति मात्र रहनेछ ।

अवार्ड मंगलबार ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुनेछ । अवार्ड कार्यक्रम अपरान्ह साढे ४ बजे सुरु हुने मञ्चले जनाएको छ । कार्यक्रममा कलाकारको प्रस्तुतिसँगै प्रविधिको उच्च प्रयोग गरेर आकर्षक प्रस्तुति रहनेछ । अवार्ड कार्यक्रम मञ्चले इमेजिङसँगको सहकार्यमा उत्पादन गरेको हो ।

कोभिड १९ को जोखिमका कारण अघिल्लो वर्षहरुमा भन्दा ढिला गरि हुन लागेको अवार्डको यसपटक एनटिभी प्लस एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल र जनता टिभी एचडीबाट प्रत्यक्ष प्रसारण हुने मञ्चले जनाएको छ ।

यसका साथै एनएसजेएफको युट्युब च्यानल, मिडिया हबलगायत खेलकुदका अनलाइन च्यानलबाट पनि प्रत्यक्ष प्रसारण गरिनेछ । त्रिपुरेश्वरस्थिति वल्र्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्लेमा पनि अवार्डका कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिनेछ । कार्यक्रमका निम्तालु भने जुममार्फत जोडिने बताइएको छ ।

पल्सर स्पोर्टस् अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ । वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको भोटिङलाइन सोमबार राति १२ बजेसम्म मात्र ई–सेवामार्फतको भोटिङ र फेसबुक लाइक अप्सन खुला रहनेछ । आयोजक मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मत प्राप्त भइसकेको छ ।

सागका चार स्वर्ण पदक विजेता पौडी गौरिका सिंह, दाहोरो स्वर्ण पदक विजेता गल्फका सवास तामाङ र कराते मण्डेकाजी श्रेष्ठ समान २ विधाको मनोनयमा परेका छन् । सुवास वर्षका उत्कृष्ट पुरुष र युवा विधाको मनोनयनमा परेका छन् । उत्कृष्ट महिलाको मनोनयनमा परेकी गौरिका र उत्कृष्ट पुरुषतर्फको मनोनयमा परेका मण्डे पिपुल्स च्वाईस अवार्डको मनोनयनमा छन् ।

बर्षका उत्कृष्ट पुरुष खेलाडीमा करातेका मण्डे, सुबाससँगै एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र फुटबलका विकेश कुथु छन् । त्यस्तै उत्कृष्ट महिला खेलाडीमा गौरिकासहित, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य, ट्रायथलनकी सोनी गुरुङ र करातेकी अनु अधिकारी छन् ।

बर्षका उत्कृष्ट युवा खेलाडीमा सुवासका साथ तेक्वान्दोकी सिना लिम्बु मादेन, तेक्वान्दोकै भुपेन श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ र भारोत्तोलनकी सञ्जु चौधरी मनोनयनमा छन् । आ आफ्नो खेलबाट टोलीलाई सफलता दिलाउने तेक्वान्दोका नवीन श्रेष्ठ, करातेका मदन उप्रेती, उसुका अमर कुमार थिङ, पौडीका शंकर कार्की र बक्सिङका प्रकाश थापामगर वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयमा परेका छन् ।

पल्सर स्पोट्र्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारको सम्मान कार्यक्रमकै दिन घोषणा गरिने परम्परा छ । वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको मुख्य प्रायोजन रहेको अवार्डमा डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य (पावर्ड बाइ) तथा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटीको सहयोग रहेको मञ्चले जनाएको छ ।

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.