default_image

4 years ago

January 12, 2021

महिला भलिबल टोली – टिम अफ द इयर

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय भलिबल टोली टिम अफ द इयर २०७६ घोषित भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा महिला टोलीलाई टिम अफ द इयर घोषित गरिएको हो ।

गत वर्ष दुई ठूला सफलता हासिल गरेको गरेको महिला टोलीलाई टिम अफ द इयरको हकदार बनायो । गत वर्ष कात्तिक र मंसिरमा महिला टोलीले सफलता हासिल गरेको थियो । नेपाल ओलम्पिक कमिटि (एनओसी) का महसचिव निलेन्द्रराज श्रेष्ठले प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही लगायत उपस्थित खेलाडीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

कात्तिकमा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपमा स्वर्ण पदक जितेको फर्केको थियो । माल्दिभ्सलाई हराएर जितेको त्यो स्वर्ण नेपाली भलिबलले प्राप्त गरेको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो ।

मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) ले महिला टोलीले रजत पदक जितेको थियो । ३७ वर्षे सागको इतिहासमा नेपाली महिला टोलीले रजत पदक जितेको त्यो पहिलो हो । नेपाली टोली भारतसँग ३–२ ले पराजित हुँदै स्वर्ण पदकबाट चुकेको थियो ।

सोही सफलताका कारण अरुणा शाहीको कप्तानीमा रहेको महिला टोली गत वर्ष एफआइभिबीको विश्व वरियताको ८६ औं स्थानमा उक्लन सफल भएको थियो । ८६ औं स्थान नेपाली भलिबल इतिहासकै अहिलेसम्मकै उच्च वरियता हो ।

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.